शुलभ स्वास्थ्य सेवासँगै कौशिल्या अस्पतालले गर्दै सामाजिक उत्तरदायित्वका काम, स्वास्थ्य पहुँचमा सहजता ल्याउनु नै हाम्रो मुख्य उद्देश्य हो–निर्देशक न्यौपाने

कोहलपुर, भदौ १६,

कोहलपुर नगरपालिका–११ मा सञ्चालित कौशिल्या अस्पतालले स्वास्थ्य सेवा मात्रै नभई सामाजिक उत्तरदायित्वका कामहरूलाई पनि निरन्तरता दिँदै आएको छ ।

निःशुल्क सेफ्टी ज्याकेट वितरण, बिरामीलाई छुटसहितको स्वास्थ्य कार्ड वितरण, विपन्न वर्गका बिरामीलाई औषधि र उपचारमा सहुलियत उपलब्ध गराउनेजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । अस्पतालले विद्यालयमै पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विद्यार्थीलाई दन्त परीक्षण, दृष्टि परीक्षण, पोषणसम्बन्धी परामर्श दिने, रक्तदान तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम गर्ने, समुदायस्तरमा निःशुल्क स्वास्थ्य परामर्श र जाँच शिविर आयोजना गर्ने कामलाई निरन्तरता दिदैं आएको छ । यी कार्यक्रमहरूले समाजमा स्वास्थ्य सचेतना बढाउनुका साथै सुलभ स्वास्थ्य पहुँच सुनिश्चित गर्न सहयोग पुगेको अस्पतालले जनाएको छ ।

यही क्रममा अस्पतालले श्रमिकको सम्मान, दुर्घटनामा कमी ल्याउने उद्देश्य र ट्राफिक नियमको पालना बढाउन भन्दै ६१ जना अटोचालकलाई सेफ्टी ज्याकेट वितरण गरेको थियो । अस्पतालका निर्देशक रामप्रसाद न्यौपानेका अनुसार दुर्घटनामा कमी ल्याउन सचेतना कार्यक्रमसँगै प्रत्यक्ष सहयोगका कार्यक्रमलाई पनि अस्पतालले प्राथमिकतामा राखेको छ । उनले भने,–‘स्वास्थ्य सेवा दिनु हाम्रो पहिलो दायित्व हो तर समाजप्रति उत्तरदायी बन्नु त्यत्तिकै जरुरी छ । अटोचालकहरू दिनरात मेहनत गर्ने श्रमिक वर्ग हुन् । उनीहरूको सुरक्षासँगै स्वास्थ्य पहुँचमा सहजता ल्याउनु नै हाम्रो उद्देश्य हो ।’

यसैगरी, अस्पतालले चालक तथा उनीहरूको परिवारलाई सहज स्वास्थ्य सेवा पाउन सक्ने गरी विशेष कार्ड वितरण गरेको छ । उक्त लिएका परिवारले अस्पतालमार्फत उपचार गर्दा औषधि र सेवा शुल्कमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । कोहलपुर यातायात सेवा प्रा.ली.मार्फत सञ्चालन हुने अटोचालकलाई यस कार्यक्रमबाट लाभ हुने यातायात सेवा प्रा.ली.का अध्यक्ष नन्दप्रसाद पौडेलले बताए । उनले भने,–‘अस्पतालले चालकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै दिएको यो सहयोग वास्तवमै प्रशंसनीय छ ।’ गत आर्थिक वर्षमा मात्रै अस्पतालले विभिन्न समुदायका बिरामीलाई करिब दुई लाख बाउन्न हजार रुपैयाँ बराबरको छुट दिएको अस्पतालले जनाएको छ ।

समुदायमै पुग्ने लक्ष्यअनुसार अस्पतालले विभिन्न विद्यालयमा समेत निःशुल्क स्वास्थ्य शिविर र स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूको दृष्टि परीक्षण, दन्त परीक्षण, सामान्य स्वास्थ्य जाँच, पोषण सम्बन्धी परामर्शजस्ता सेवा विद्यालयमै पुगेर उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसबाट विद्यार्थी, शिक्षक र अभिभावक सबै लाभान्वित भएका छन् । अस्पतालले स्वास्थ्य उपचारलाई सहज र किफायती बनाउन विशेष छुट, स्वास्थ्य कार्ड, समुदायमै पुग्ने स्वास्थ्य शिविर तथा विद्यालयस्तरका स्वास्थ्य परामर्श कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।

निर्देशक न्यौपानेका अनुसार आगामी दिनमा समेत कौशिल्या अस्पतालले सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नासाथ सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई अझ व्यापक बनाउने लक्ष्य लिएको छ । यस्ता गतिविधिले अस्पताललाई मात्र नभई स्थानीय समुदायलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । कौशिल्या अस्पतालले कोहलपुर र आसपासका समुदायलाई लक्षित गर्दै सामान्य उपचारदेखि विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।

आकस्मिक सेवा, महिला तथा प्रसूति सेवा, बालबालिका र सामान्य रोग उपचार, दन्त सेवा, फिजियोथेरापी, अर्थाेपेडिक सेवा, ल्याब परीक्षण तथा एक्स–रे, मुटुको एक्स–रे (ECHO), डिजिटल एक्स–रे, मिडियो एक्स–रे (USG / अल्ट्रासाउन्ड), कलर डप्लर (Color Doppler), स्वास्थ्य परामर्श र नियमित स्वास्थ्य शिविर, विद्यालयमा स्वास्थ्य शिविर र परामर्श लगायतका विभिन्न सेवाहरु अस्पतालले दिदैं आएको छ

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !