कोहलपुरमा सेना परिचालन, उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थामा कडाई

कोहलपुर, भदौ २५,

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्पन्न आन्दोलन हिंसात्मक बनेपछि कोहलपुरमा नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गरी ठूलो नोक्सानी पु¥याएपछि उच्च सतर्कता अपनाउँदै सुरक्षा निकायलाई सक्रिय बनाइएको हो ।

आगजनीमा परेका कोहलपुर नगरपालिका, राजश्व अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय, हुलाक कार्यालय र वडा नम्बर ११ को कार्यालय वरिपरि अहिले सेना र सशस्त्र प्रहरी तैनाथ छन् । सुरक्षाकर्मीहरूले सम्भावित थप घटनालाई रोक्न कार्यालय परिसर तथा संवेदनशील क्षेत्रलाई घेराबन्दी गरेका छन् ।

आन्दोलनकारीले सरकारी कार्यालयहरूमा आगजनी गरी ठूलो नोक्सानी पु¥याएपछि संवेदनशील स्थानहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको हो । सुरक्षा सतर्कता बढाइएपछि स्थिति नियन्त्रणमा आएको छ । कुनै अप्रिय घटना नदोहोरिएको र परिस्थिति सामान्य बनाउन सुरक्षाकर्मीहरूले २४ घण्टा निगरानी राखेका छन् । सेनाले कडा सुरक्षा दिएको कारण हाल क्षेत्र शान्त छ ।

रातदिन गस्ती, नाकाबन्दी र घेराबन्दीमार्फत सम्भावित चोरी–लुटपाटको जोखिमलाई न्यून बनाउन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर