“शब्दका उद्यमी” : व्यवसायीहरू माझ कविता वाचन कार्यक्रम सम्पन्न

कोहलपुर, असोज २१,

कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा “शब्दका उद्यमी” नामक विशेष कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले अध्यक्षतामा भएको कार्यक्रममा साहित्य र उद्यमशीलता बीचको सम्बन्धलाई जोड्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा कोहलपुर तथा आसपासका क्षेत्रका दर्जनौं कविहरूले आफ्ना चोटिला, प्रभावशाली र जीवनमुखी कविताहरू वाचन गरेका थिए । कविहरूका शब्दहरूले व्यवसायिक सोच, सामाजिक चेतना र देशप्रतिको भावना उजागर गर्दै वातावरणलाई साहित्यिक र भावनात्मक बनाएको थियो ।

कार्यक्रममा व्यवसायी, साहित्यकार, पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले कविता केवल मनोरञ्जनका लागि नभई सोच परिवर्तन र सिर्जनशीलताको माध्यम पनि हो भन्ने सन्देश दिएका थिए ।

अध्यक्ष भट्टराईले कार्यक्रमको समापन गर्दै उद्यमशीलता र सिर्जनशीलता एक अर्काका पूरक भएको बताए । शब्दमार्फत प्रेरणा र विचार बाँड्ने यस्ता कार्यक्रमले व्यवसायिक समुदायमा पनि चेतना र ऊर्जा थप्नेछ विश्वास व्यक्त गरे । उपस्थित सबैले यस्ता साहित्यिक कार्यक्रमले समाज र व्यवसाय दुबै क्षेत्रमा नयाँ सोच र सकारात्मक दृष्टिकोण फैलाउने विश्वास व्यक्त गरे ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !