सुडान घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैन : डा. रावल, झुटा समाचारबाट भ्रमित नहुन आग्रह

कोहलपुर, असोज २६,

पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले सुडान घोटाला प्रकरणमा आफूलाई संलग्न देखाउने समाचारहरू असत्य रहेको स्पष्ट पारेका छन्।

उनले यसबारे कान्तिपुर दैनिकमा असोज २५ गते प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूको नाम त्यस घटनासँग कुनै पनि सम्बन्ध नरहेको बताएका छन्। रावलका अनुसार, संयुक्त राष्ट्रसंघको आयोजनामा सिंगापुरमा भएको गृह तथा सुरक्षा मन्त्रीहरुको सम्मेलनमा सहभागी हुन संयुक्त राष्ट्रसंघका अधिकारीमार्फत सुडानमा पठाइएका बन्द गाडीमा अनियमितता भएको थाहा पाएपछि उनले त्यसबारे छानबिन र कारबाहीको माग गरेका थिए। तर, त्यस घटनामा आफूलाई संलग्नजस्तो देखाउने ढंगमा समाचार आएको उनले बताए।

उनले लेखे,–‘सुडान घोटाला प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन । देश संवेदनशील अवस्थामा हुँदा प्रमाणविनाको समाचार प्रकाशनले गलत सन्देश दिन सक्छ, त्यसैले म सत्यतथ्य जानकारीबिना व्यक्तिको चरित्रहत्या गर्ने काम नगर्न आग्रह गर्दै गलत समाचारबाट भ्रमित नहुन सबैमा हार्दिक आग्रह गर्दछु।’

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !