Exercise Cambrian Patrol 2025 मा नेपाली सेनालाई स्वर्ण पदक

कोहलपुर, असोज २६,

मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, क्रेकनमा सम्पन्न ‘Exercise Cambrian Patrol 2025’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतमा असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका १७५ टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि नियमित रूपमा हुँदै आएको यो अन्तर्राष्ट्रिय स्तरको सैनिक अभ्यासमा नेपाली सेना सन् २०१५ देखि सहभागी हुँदै आएको हो । अभ्यासका क्रममा सहभागी टोलीहरूले करिब ७० पाउण्ड तौल बराबरको हतियार र उपकरण सहित ६० किलोमिटर दूरी पैदल पार गर्दै विभिन्न कठिन कार्यहरू तयारी, खबर संकलन, घाइते उद्धार, र विषम परिस्थितिमा युद्ध कौशल प्रदर्शन गरेका थिए ।

यसअघि पनि नेपाली सेनाले सोही प्रतियोगितामा सन् २०१५, २०१९ र २०२४ मा समेत स्वर्ण पदक जितिसकेको छ । यस वर्षको स्वर्ण पदकले नेपाली सेनाको अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता र शौर्यको पुनः प्रमाण दिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !