काठमाडौं, कार्तिक २३,
‘म हराएकी हुँ त्यो सहरबाट’ बोलको नयाँ गजल सार्वजनिक गरिएको छ । गजलमा रिता केसीको सुमधुर स्वर, कपिल अञ्जानको शब्द र राजेन्द्र बजगाईँको संगीत रहेको छ। गजलको भिडियोमा स्वयं गायिका रिता केसीले नै अभिनय गरेकी छन् ।
गजलकार कपिल अञ्जान लामो समयदेखि गजल र नेपाली साहित्यमा सक्रिय छन् । यसअघि उनले ‘यो शिर कसैको द्वारमा झुकेको छैन’ शीर्षकको सांगीतिक गजल बजारमा ल्याएका थिए, जुन दर्शक,श्रोताबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
नयाँ गजल ‘म हराएकी हुँ त्यो सहरबाट’ भने अञ्जानको दोस्रो गजल हो । संगीतकार राजेन्द्र बजगाईँको मधुर धुन र रिता केसीको आत्मीय स्वरले गजललाई अझ प्रभावशाली बनाएको छ।



