दार्चुला । आइतवारको अविरल बर्षाका कारण नौगाडमा पहिरो जाँदा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ६ परिगाउँका हर्जित सिंह ठगुन्नाकी ४२ वर्षीय मानमति ठगुन्नाको रहेकोे प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँका मानसिंह ठगुन्नाको घर बगाउदा उनकी ६ वर्षीय छोरी आरती ठगुन्ना बेपत्ता रहेकी छन् । बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोले परिगाउँका तीन घर तथा समैजी आधारभुत विद्यालय परीगाउँको ५ कोठे भवन बगाएको छ । घटना स्थलमा अहिले इलका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको प्रहरी टोली गइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया