-सहबान अन्सारी
नवलपरासी । नवलपरासीको बिभिन्न ठाँउबाट १ लाख ४७ हजार ५ सय बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराती प्रतापपुर गाउँपालिका वडा नं. ४ दरखासेमा नेपालबाट भारत तर्फ अबैधरुपमा लादै गरेको ६ बोरा मटर( केराउ) पचपेडा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ
यसैगरि आईतवार बिहान प्रतापपुर गाउँपालिका वडा नं. ४ भैरवपुरमा नेपालबाट भारत तर्फ लग्दै गरेको ५ बोरा मटर ( केराउ) ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।
साथै सोही गाउँपालिका वडा नं.७ जगन्नाथपुरबाट ७ बोरा मटर प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो ।
यसैगरि सरावल गाउँपालिका वडा नं ७ बुलन्दपुरबाट १९ बोरा मटर सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको मटर ( केराउ)आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए।
तपाईको प्रतिक्रिया