-सहबान अन्सारी
नवलपरासी । नवलपरासीको सीमा क्षेत्रबाट करिब १ लाख १ हजार ३ सय ८० मूल्य बराबरको अबैध मालसमान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार सरावल गाउँपालिका वडा नं. ६ बडसारेमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै करिब १५ हजार मुल्य बराबरको ४ बोरा मटर ( केराउ) साथै भारबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८६ हजार ३ सय ८० मुल्य बराबरको बिभिन्न साडी २० थान, लेडिज कुर्ताको थान कपडा १९ मिटर, जेन्स भित्री कपडा तथा ३८ पोका धनियाको बिउ सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
उक्त मटर र कपडा मानिसहरुले मोटरसाईकलमा राखी लैजादै गर्दा तथा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु उक्त सामानहरु फाली भगेका थिए ।
नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
तपाईको प्रतिक्रिया