-सहबान अन्सारी
नवलपरासीको सीमा क्षेत्रबाट करिब ६ लाख मूल्य बराबरको अबैध सुर्ती प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिवार पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ चमनटोलामा भारतबाट अबैधरुपमा ल्याई बेवारिसे अवस्थामा राखेको ६० बोरा करिब ६ लाख मुल्य बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गेर्मीबाट खटिएको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सुर्ती आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
तपाईको प्रतिक्रिया