बारा । बारामा महागढीमाई नगरपालिका –७ बेनौलीस्थित सडकखण्डमा प्रहरीले मोटरसाइकल चेक जाँच गर्ने क्रममा १६ लाख रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले पश्चिम बनौली चोकतर्फबाट आएको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालकले उक्त रकम भएको झोला फालेर फरार भएका थिए ।
उक्त चालकले फालेको झोला खोलेर हेर्दा झोलाबाट एक हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी १६ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार व्यक्ति र मोटरसाइकलको खोजी भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया