काभ्रे । धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा नमोबुद्द नगरपालिका-८ दाप्चा बजार स्थित गैरापाटी बस्ने ४३ वर्षीय सुदर्शन अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले उनकै बुहारी ३५ वर्षीया रन्जना तिमल्सिनालाई घरायसी विवादको कारण बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया