काठमाडौं । गोंगबु हत्याकाण्डमा पक्राउ परेकी कल्पना (मुडभरी) पौडेललाई प्रहरीले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशमा पौडेललाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
हत्यामा सहयोगीको भूमिकामा देखिएकी उनकी छोरी भने नाबालिका भएका कारण भक्तपुरको सुधारगृह पठाइएको छ। अदालतका अनुसार उनलाई सानोठिमीको बालसुधार गृहमा पठाइएको हो ।
गत साउन २५ गते गोंगबुमा भएको विभत्स हत्याकाण्डमा कल्पनाले रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको आफूले गरेको स्वीकार गरिसकेकी छिन् ।
तपाईको प्रतिक्रिया