कैलाली । कैलालीमा एक १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया