दार्चुला । दार्चुलाको नौगाड गाउपालिकामा आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
गाउँपालिकाको रैचुका ३५ वर्षीय जेनिस ठगुन्ना (नाम परिवर्तन) ले आइतबार राती आफ्नै छोरीलाई बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ ।
घरपरिवारले पीडक ठगुन्नाको नाममा दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएको छ ।
आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका ठगुन्ना बिरुद्ध जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी गर्न नहुने शीर्षक अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
तपाईको प्रतिक्रिया