बारा । काठ तस्कर र वनरक्षक टोलीबीच गोली हानाहान भएको छ भने एकजना तस्कर पक्राउ परेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका –१७ जैतापुरमा भदौ ३१ गते राति १ बजे तस्करले र वन रक्षक माथि गोली प्रहार गरेको थियो ।
त्यसपछि वन रक्षक टोलीले पनि गोली प्रहार गरेको हुन । गोली हानाहानमा मानवीय क्षति नभए पनि एकजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा करैयामाई गाउपालिका–४ का इस्लाम मियाँ रहेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।
तपाईको प्रतिक्रिया