काठमाडौं । प्रहरीले भालुको पित्त सहित दुई जनालाई पक्राउ गरेको छ ।
संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज काठमाण्डौं जिल्ला चन्द्रागिरी नगरपालिका-८,कल्याणपुर साउनेपानीमा दुई जनालाई पक्राउ गरेको हो ।
मकवानपुर कैलाश गा.पा.-१ वरभंञ्याङका हरी बहादुर मोक्तान र मकवानपुर कैलाश गा.पा.-२ डाँडाखर्कका राम बहादुर लामा पक्राउ परेका हुन् ।
भालुको पित्तलाई रु.२० लाखमा विक्री गर्न हिंडिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया