Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

एसइई र कक्षा १२ परीक्षा अन्योल


एसइई र कक्षा १२  परीक्षा अन्योल

भक्तपुर । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ । परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ ।

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको बताउछिन् मध्यपुर थिमि नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ । एसइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको उनको भनाई छ । परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै अएकी उनलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छदैछ, त्यसमाथि कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको बताउँछिन् ।

आफ्नै छिमेकीमा रहेकी अस्मिता थापालाई कोरोना सङ्कंमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ । एउटै विद्यालयमा अध्ययनरत साथीलाई केहीदिन अगाडि कोरोना सङ्क्रमणले उनको अनलाइन कक्षा त छुट्यो र निकै सास्ती भएको उनलाई थाहा छ ।

अस्मिता भन्छिन्, “कोरोनासङ्क्रमण भइहाल्यो, पढाई पनि छुट्यो, मलाई निकै कमजोर बनाएको छ, यहीबीचमा परीक्षा भयो भने कसरी दिने भन्ने चिन्ता धेरै छ, हामीले खोप पनि पाएका छैनौँ, खोइ कसरी बाच्ने र परीक्षा दिने जस्तो भयो ।” बाबुलाई सङ्क्रमण पुष्टि भएको दुई दिनपछि ज्वरो आएको उनलाई पनि भाइरसले आक्रमण गर्यो ।

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको प्याब्सनको भनाइ छ । भक्तपुरमा मात्रै ९२ प्याब्सनसँग आवद्ध भएका शिक्षक, कर्मचारीलाई सङ्क्रमणभएको बताउनुहुन्छ प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी ।

देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिदा पनि अगाडि नै प्रश्नपत्र बाहिरिने खतरा रहेको उहाँ बताउनुहुन्छ । प्याब्सन अध्यक्ष एवं भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउनुहुन्छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अबस्था नभएको बताउनुहुन्छ । विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूला नभएको भन्दै उहाँले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यही महिनामा एसइई र कक्षा १२ को परीक्षाको बारेमा उपयुक्त बिकल्पसहित निर्णय हुने उहाँले बताउनुभयो ।

यसवर्ष एसइई परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थी आफै कोरोना सङ्क्रमित रहेको र यो क्रम अझै बढ्ने अबस्थामा अनलाइन परीक्षामा पनि धेरै विद्यार्थी सहभागी हुन नसक्ने अभिभावकहरुको धारणा छ । कतिपय विद्यार्थीले मोवाइलबाट अनलाइन कक्षा लिएका छन् । सबै विद्यार्थीसँग इन्टरनेट, कम्प्युटर र ल्यापटपको पहुँच छैन, मोवाइलबाट अनलाइन परीक्षा दिन सकिन्न । त्यसैले अनलाइन परीक्षाको प्रभाव नरहने अभिभावकको भनाइ छ ।

अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले परीक्षामुखी शिक्षालाई जोड दिनु गलत भन्दै विद्यार्थीको भौतिक उपस्थिति र अनलाइन परीक्षा यतिखेर दुबै उपयुक्त छैन भन्नुहुन्छ । यसवर्ष कोरोना सङ्क्रमण जटिल रहेको र धेरै विद्यार्थी तथा अभिभावक सङ्क्रमित रहेकाले गतवर्ष जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कन बिधिमै यसवर्ष पनि जानुपर्ने उहाँको धारणा छ ।

विद्यालयले सञ्चालन गर्ने कक्षा नौ सम्मको परीक्षालाई सरकारले विश्वास गर्ने अनि कक्षा १० को पढाई र मूल्याङ्नलाई किन विश्वास नगर्ने भन्दै उहाँले स्वदेश मै उच्चशिक्षा अध्ययन गर्ने र कतिपय विदेश जाने भएकाले कक्षा १२ को परीक्षालाई भने फरक बिधि अपनाउन सकिने बताउनुहुन्छ ।

“यसवर्ष धेरै विद्यार्थी सङ्क्रमित भएका छन्, यो क्रम बढ्दै छ, अनलाइन परीक्षाका लागि देशभरका सबै विद्यार्थीको पहुँच पुग्दैन भरपर्दो पनि छैन,” संघका अध्यक्ष पुरी भन्नुहुन्छ, “त्यसैले कक्षा १० माआन्तरिक मूल्याङ्कन गर्ने र कक्षा १२ को हकमा भने अनलाइन परीक्षा प्रणाली उपयुक्त हुन्छ ।” अभिभावकका लागि सन्तानको स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन नसक्ने भन्दै कडाईका साथ बिधि बनाएर यसवर्ष पनि विद्यालयलाई जिम्मा दिनुपर्ने उहाँको भनाइ छ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोरोनाले अभिभावकदेखि परीक्षाको तयारीमा रहेका विद्यार्थीमा निकै त्रास बढेको बताउनुहुन्छ । उहाँले विद्यार्थीहरुले परीक्षा अगाडि पढिरहेको र परीक्षा पछाडि शव बोकेको जस्ता तस्बिर र त्रसित भनाइहरु सामाजिक सञ्जालमा राख्ने गरिएको भन्दै अभिभावक र विद्यार्थीमा भाइरस सङ्क्रमण बढ्दा जटिल अबस्था आएको बताउनु हुन्छ । गतवर्ष जस्तो पूर्ण रुपमा विद्यालयलाई जिम्मा दिन नहुने भन्दै उहाँले हचुवाको भरमा मूल्याङ्कन गर्ने गरी जान नहुने । निश्चित बिधि बनाएरु जानुपर्ने प्याब्सनको धारणा रहेको बताउनुभयो ।

प्याब्सनसँगको छलफलमा यस वर्षको परीक्षामा सरकारले चारवटा बिधिमा परीक्षा सञ्चालन गर्ने बारेमा छलफल गरेको बताउदै सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल एवं प्याब्सन उपाध्यक्ष थापा भन्नुहुन्छ, “एउटा गतवर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोश्रो विद्यार्थीलाई प्रश्नपत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेश्रो आफैँ परीक्षा गराउने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी कक्षा १० माआन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को भर्ना लिदा प्रवेश परीक्षालाई कडाई पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिदा कडाई गर्ने भन्ने बारेमा प्याब्सन र शिक्षा मन्त्रालयको टोलीसँग चारवटा ‘मोडालिटी’मा छलफल भएको छ ।”

एसइईको हकको निर्णयमा ढिलाइ गर्न नहुने बताउदै आन्तरिक मूल्याङ्कन बिधि गतवर्षको जस्तो नभइ सुधारिनुपर्ने उहाँको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको कार्यदलले आज आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउने भएको छ ।

कार्यदलका संयोजक अर्यालले कक्षा ८ को परीक्षा आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरे पनि कक्षा १० र १२ को बारेमा कार्यदलले तयार पारेको प्रतिवेदन बोर्डलाई बुझाउने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यदलले बिभिन्ने सरोकार भएका निकायहरुसँग समेत छलफल गरेर बिभिन्न मोडालिटीसहित प्रतिवेदन तयार पारेको छ, यो आज बोर्डलाई बुझाउँछौ, त्यो बोर्डको सम्पत्ति हो, कहिले, कसरी परीक्षा गर्नेे भन्ने अन्तिम निर्णय बोर्डको हुन्छ ।”

गत वर्ष एसइई परीक्षा सञ्चालनको अन्तिम समयमा सरकारले परीक्षा स्थगित गरेर पछि आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरेको थियो । यसवर्ष भने कसरी गर्ने भन्ने बारेमा बोर्डलाई जिम्मेवारी दिएको छ । कार्यदलले आज बुझाउने भनिएको प्रतिवेदन अन्तिम नभई ड्राफ्ट मात्रै भएको बताउनुहुन्छ परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल । उहाँका अनुसार प्रतिवेदन बुझेपछि त्यसलाई अध्ययनका लागि बोर्ड सदस्यहरुलाई पठाउने र अहिलेको अबस्थामा परीक्षा सञ्चालन गर्न सम्भव हुने या नहुने, कसरी अगाडि बढ्ने भन्ने बारमो बोर्ड बैठकमा छलफल हुन्छ ।

“गतवर्ष परीक्षा स्थगित भएपछि सरकारले नै निर्णय गरेको थियो, यसवर्ष बोर्डलाई दिएको छ, बोर्डले कार्यदलको मस्यौदाको अध्ययनपछि छलफल गरेर केही दिनमा अन्तिम निर्णय कार्यान्वयनमा लैजान्छ,” अध्यक्ष पौडेलले भन्नुभयो, “त्यसअघि शिक्षा मन्त्रालयमा समन्वय गर्छौं, अन्तिम निर्णय हुनुअगाडि मन्त्रालय र मन्त्रिपरिषदसम्म पुग्यो भने पनि यो महिनासम्ममा सबै निर्णय हुन्छ ।”

यसवर्ष करिब पाँच लाख १७ हजार विद्यार्थी एसइईको तयारीमा छन् । परीक्षाका लागि प्रश्नपत्र छपाईसँगै देशभरका दुई हजार १९ परीक्षा केन्द्र निर्धारण भएको थियो । त्यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा स्थगितभएसँगै प्रश्नपत्र छपाइ भने रोकिएको छ । गतवर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो भने कक्षा १२ माअनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी बोर्डले गरेपनि स्थगित भएपछि कसरी जाने भन्नेबारेमा निर्णय भएको छैन ।-रासस/

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै
विविध

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि