Pahara Nepal
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग


अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

काठमाडौं । सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु यथाशक्य चाँडो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले विद्यार्थीहरुलाई सिकाईबाट बञ्चित गर्न नहुनेमा जोड दिएका छन् । कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढि शिक्षा क्षेत्रमा असर परेकोले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने पनि उनीहरुको भनाई छ । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रको समस्या समाधानको लागि राज्य बढि जिम्मेवार हुनुपर्नेमा अहिले त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘अनलाईन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ । प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दापनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेतर्फ सबैले सोच्नुपर्छ ।’–कोइरालाले भने । निजी विद्यालयहरुलाई संविधानले र शिक्षा नीतिले चिनेकोले यसलाई कसरी व्यवस्थापन गर्ने हो ? यसबारेमा राज्यले सोच्नुपर्ने उनको तर्क छ । 

उनले निजी विद्यालयहरुले अनलाईन कक्षा बन्द गर्नु बेईमानी भएको टिप्पणी गरे । विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता गर्नुभन्दापनि अभिभावकहरुसँग समाधानको लागि गम्भिर छलफल गर्नुपर्ने उनले सुझाव दिए । उनले भने,‘तिर्न सक्ने, अलिकति तिर्न सक्ने र नसक्नेहरुको वर्गीकरण गर्नुपर्छ । हामी अभिभावकसँग विद्यालय सञ्चालक साथीहरुले छलफल बढि गर्नुपर्छ । प्रधानमन्त्री र शिक्षामन्त्रीको मुख ताकेर बस्नुहुँदैन् ।’

कोइरालाले अहिले निजी विद्यालयहरुको समस्या समाधान गर्ने उपयुक्त बेला भएको पनि तर्क गरे । उनले भने,‘घर भाडा तिर्न नसक्ने विद्यालयहरु मर्ज गरौं । यो राम्रो अवसरपनि हो । बैंकको ऋणको व्याज तिर्ने समस्या छ, विद्यालय सञ्चालकहरु शिक्षा मन्त्रालय धाउन छोडौं ।’ 

उनले कतिपय विद्यालय सञ्चालकहरु नै सांसद हुनु र विद्यार्थी संगठनका नेताहरुले विद्यालय सञ्चालकसँग पैसा लिँदा शिक्षा क्षेत्र झनै समस्यामा परेको बताए । उनले भने,‘यो सबै कन्फ्लििक्ट अफ ईन्ट्रेष्टको असर हो ।’ 

त्यस्तै, यो तीन महिनासम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरु ठूलो तनावमा रहेको स्पष्ट पारे । अहिलेसम्म १३–१४ सय युवाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको सुनाउँदै यसतर्फपनि सबैले ध्यान दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले निजी विद्यालयहरुले अहिले अनलाईन कक्षाहरु बन्द गरेर गैरजिम्मेवारीपन र उदासिनता देखाएको आरोप लगाएका छन् । ‘प्याव्सन र एनप्याव्सनको निर्णयले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । राज्यले यसको उपाय र समाधान खोज्नेछ भन्ने विश्वास छ ।’–उनले भने । 

संविधानले निजी विद्यालयहरुलाई नचिन्ने उनको टिप्पणी छ । उनले भने,‘हामी त विद्यार्थीहरुको पक्षमा छौं । उनीहरुलाई शिक्षाबाट बञ्चित गर्ने काम नहोस् । हामीले अहिलेको सबै समस्यालाई एउटै बास्केटमा राखेर एकीकृत समाधान निकाल्नुपर्छ भनिरहेका छौं । अर्थमन्त्री र शिक्षामन्त्रीको कुरा सुन्दा मैले उहाँहरुलाई यो समस्याप्रति पोजिटिभ पाएको थिएँ ।’

निजी विद्यालय सञ्चालकहरुका कतिपय मागहरु संवदेनशील रहेकोले यी समस्याहरु समाधानको लागि राज्यले पहलकदमी लिनुपर्नेपनि महरको जोड छ । उनले भने,‘उहाँहरुको विद्यालय घरभाडाको समस्या, लोन लिनुभएको छ, त्यसको व्याजको समस्या, यी समस्या समाधान हुनुपर्छ ।’ उनले अनलाईन शिक्षा अविलम्ब सुचारु हुनुपर्ने माग गरे । उनले भने,‘अनलाईन कक्षाहरु निरन्तर हुनुपर्छ, प्याव्सन र एनप्याव्सनले आफ्नो निर्णय फिर्ता लिनु्पर्छ । विद्यार्थीहरुलाई शिक्षा लिनबाट बञ्चित गरेर तपाईहरुले के गर्न खोजेको हो ? यसले समाजलाई बिर्गाछ ।’

उनले शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले विद्यालय सञ्चालकहरुसँग चन्दा असुल्ने गरेको भनेर लगाएको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । र, यदि संगठनका कोही कसैले यस्ता गलत काम गरेको पाईए कडा कारबाही गर्ने पनि उनले चेतावनी दिए । उनले भने,‘हामी चन्दा र आर्थिक सहयोग लिँदैनौं । यदि हाम्रो संगठनका कोही नेता तथा कार्यकर्ताहरुले लिएको पाईए कारबाही गर्छौं । त्यसरी चन्दा दिने निजी शैक्षिक संस्थाहरुलाई पनि छोड्दैनौं ।’

उनले नेपालमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे । उनले भने,‘अहिले यो कोभिडको महामारीका कारण हामी सडक मुभमेन्टमा छैनौं । तर, हामीले गर्नुपर्ने खबरदारी र पहलकदमी गरिरहेकै छौं । लकडाउनका कारण पठनपाठन नहुँदा र परीक्षा कार्यतालिका सारिँदा विद्यार्थीहरु धेरै मानसिक समस्यामा परेको कुरापनि यहाँ पत्रकार मित्रले भन्नुभयो, यो ईस्युलाई हामीले गम्भीर रुपमा लिएका छौं । यसको समाधानको लागि पनि पहल गर्छौं ।’ उनले विद्यालयहरुले अनावश्य शुल्क तिर्न र टर्चर दिनु अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न पनि आग्रह गरे । 

त्यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले पनि अनलाईन कक्षाहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको बताए । उनले भने,‘अहिले हाम्रा विद्यार्थीहरु तनावमा छन् । प्याव्सन र एनप्याव्सनले अनलाईन कक्षाहरु स्थगित् गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ । र, विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाउनुपर्छ ।’ 

उनले निजी विद्यालयहरु धराशयी बनाउने आफुहरुको कुनै चाहना नभएको जिकिर गरे । ढुंगानाले आफुहरुले लकडाउनकै बेलामा पनि निजी विद्यालयहरुले लिने अतिरिक्त शुल्क गलत छ भन्ने आवाज उठाएर सडक आन्दोलन गरेको स्मरण गराए । 

यस्तो विषम परिस्थितिमा पनि शिक्षा मन्त्रालय जो मुलुकको शिक्षा क्षेत्रको अभिभावक हो उसले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनको गुनासो छ । उनले भने,‘यस्तो बेलामा पनि शिक्षा मन्त्रालयले केही नगर्ने हो भने सरकार किन चाहियो ? अहिले त सबैभन्दा लाचारी त शिक्षा मन्त्रालय भयो । यो क्षेत्रलाई कसरी माथि उकास्ने भन्नेबारे कार्ययोजनामात्रै होईन, गुरुयोजना बनाउनुपर्छ । तर, शिक्षा मन्त्रालयको अहिले देखिनेगरि भूमिका भएन् ।’

अहिले पानीजहाज र रेलको कुरा गर्ने बेला नभएर विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित गर्न नहुने कुरा नै मुख्य भएको उनले तर्क गरे । उनले आफ्नो संगठनले कोहीसँगपनि चन्दा अथवा आर्थिक सहयोग नलिने स्पष्ट पारे । र, लिएको पाईए कारबाही गर्ने दृढता व्यक्त गरे । 

कार्यक्रममा प्याव्सनका महासचिव कुमार घिमिरेले आफूहरुले अनलाईन कक्षाहरु बन्द गरेकोमा दुःख व्यक्त गरे । उनले आफुहरुले राज्यसँग सहुलियत मागेको तर कुनै सुनुवाई नभएको गुनासो पोखे । उनले निजी विद्यालयहरुले गत माघदेखि नै तलब नदिएको पाईए आफूहरुले कारबाही गर्ने प्रतिबद्धता जनाए । तर, कतिपय विद्यालयहरुले भने असारसम्मको नै तलब दिईसकेको पनि उनले स्पष्ट पारे । 

घिमिरेले बेईमानी गरेको पाईए राज्यले सबैलाई कारबाही गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरुको औचित्य सकिएको वा औचित्य छ भन्नेबारे उठेको सवालमा यसबारे अभिभावकले भन्ने कुरा भएको जवाफ दिए । ‘अहिले निजी विद्यालयहरुलाई संविधानले चिन्छ । यदि आवश्यकत्ता छैन भने राज्यले लिए हुन्छ ।’–उनले थपे । सरकारले अहिलेको समस्या समाधान गर्न वातावरण बनाउनुपर्ने पनि बताए । 

एनप्याव्सनका महासचिव सुवास न्यौपानेले अनलाईन कक्षाहरु बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गरेका छन् । उनले आफूहरुले विषम परिस्थितिमा पनि विद्यालय सञ्चालन गर्ने उद्देश्यले सरकारसँग सहुलियत मागेको सुनाए । वैशाखबाटै आफूहरुले ‘भर्चुअल क्लास’ सुरु गरेको भएपनि अझै कतिपय शिक्षकहरु ‘टेक्नो–फ्रेण्ड्ली’ नभएको र ईन्टरनेटको एक्सेस राम्रो नभएकोले देशभरि प्रभावकारी नभएको स्पष्ट पारे । 

उनले शिक्षक तथा कर्मचारीहरुको तलब खुवाउन नसकिएको अवस्था, सञ्चालन खर्च, घरभाडा र बैंकले ऋणको व्याज तिर्न गरेको ताकेताले आफूहरु समस्यामा परेको सुनाए । उनले भने,‘यही समस्याहरु पार लगाउन सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेका थियौं । अर्थमन्त्रीलाई पनि भेटेका थियौं । तर, बजेटमा त्यो कुरा सम्बोधन भएन् ।’ 

उनले आफूहरु शिक्षण सिकाईलाई निरन्तरता दिने पक्षमा नै रहेको जिकिर गरे । उनले भने,‘अतिरिक्त शुल्क लिँदैनौं । अहिले हामी बाँच र बचाऔं भन्ने अभियानमा छौं । तर, अब त हात उठाउनुबाहेक हामीसँग अर्को विकल्प छैन् ।’

उनले असारसम्मको तलब, भक्ता आफूहरुले जसोतसो व्यवस्थापन गर्ने तर साउनबाट केही पनि गर्न नसक्ने जिकिर गरे । उनले भने,‘साउनपछि सरकारको जिम्मा हो । असारसम्म हामी जे सक्छौं, त्यति गर्छौं ।’ उनले अहिलेको अवस्थामा वस्तुपरक विश्लेषण गर्दै निकास निकाल्नुपर्ने जोड दिए । 

कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होम कुमार थापाले विद्यालय सञ्चालकहरुले चैत्रभन्दा अगाडिदेखि नै शिक्षकहरुलाई तलब, भक्ता नदिएको आरोप लगाएका छन् । उनले शैक्षिक क्षेत्रलाई बचाउनुपर्नेमा जोड दिए । उनले भने,‘चैत्र ११ गतेबाट लकडाउन सुरु भएको हो । तर, कतिपय विद्यालयहरुले पुष र माघदेखि नै शिक्षकहरुलाई तलब दिएका छैनन् । हामीसँग प्रमाण छ । हामी विद्यालय सञ्चालकहरुसँग सहकार्यमा छौं । देशभरि दुई लाख शिक्षकहरु हुनुहुन्छ । अहिलेसम्म उनीहरुको तलब दिईएको छैन् । के विद्यालय भनेको दादागिरी देखाउने ठाउँ हो ?’

यसअघि शिक्षकहरुले पटक–पटक अप्ठ्यारो परेको अवस्थामा विदा माग्दा नदिने विद्यालयहरुले अहिले घरविदा कहाँबाट दिएको ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘तपाईहरुले शिक्षकलाई माघदेखि नै दाम दिनुभएको छैन् । तर, स्कुलको गाडी व्यक्तिको नाममा राख्ने काम भएको छ । अनि कम्पनी ऐनमा विद्यालय दर्ता गरिएको छ । कमाएको पैसाले जग्गा किन्ने । हामीलाई थाहा छैन् ?’

उनले दोहोरो भूमिका निर्वाह नगर्न विद्यालय सञ्चालकहरुलाई चेतावनीसमेत दिएका छन् । ‘तपाईहरुले तालाचाबी बुझाउँछौं भन्नुभयो । नसक्ने हो भने हामीलाई दिनुहोस चाबी, हामी चलाउँछौं । विद्यालय कसरी चलाउनुपर्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ ।’ उनले विद्यालय सञ्चालकहरुलाई तत्काल शिक्षकहरुको तलब दिन माग गरे । 

देशभरि नै शिक्षकहरु निकालिएको सुनाउँदै उक्त कदमपनि बन्द गर्न उनको आग्रह छ । उनले भने,‘निश्काषन गरिएका शिक्षकहरुलाई तत्काल पूनर्वहाली गर्नुहोस् ।’ उनले अहिलेको समस्या समाधानको लागि उपाय निकाल्नुपर्ने र यसमा आफूहरुले पनि सकारात्मक भूमिका निर्वाह गर्ने जनाए । उनले भने,‘तपाईहरुलाई हामी अझै एक महिनाको समय दिन्छौं । सरकारले पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिए । उनले निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न नाममा फि नै लिएको दाबी गरे । 

उनले भने,‘विद्यालय सञ्चालकहरुले अभिभावको क्याटेगोरी छुट्याउनुपर्छ । अहिलेको मौका छोपेर एकमुष्ट पैसा उठाउने काम कसैले पनि नगरौं । विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकार हनन नहोस् ।’ कतिपय विद्यालयहरुले अभिभावकलाई अनावश्यक दबाब दिएको प्रमाणहरु पनि आफूहरुसँग सुरक्षित भएको बताउँदै त्यस्तो दबाब नदिन भण्डारीले चेतावनी दिए । 

उनले शुल्क नतिरेको नाममा विद्यालयहरुले एक जना विद्यार्थीपनि निकाल्न नपाउने बताए । अभिभावकहरुले चैत्रसम्मको शुल्क तिरेको तर कतिपय विद्यालयहरुले त्यो भन्दा अघिको नै तलब तथा भक्ता आफ्नो शिक्षकहरुलाई नदिएको पनि उनले सुनाए । 

उनले यस्तो विषम परिस्थितिमा शिक्षा मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उसको जिम्मेवारीवोधलाई लिएर प्रश्न गरे । उनले भने,‘हामी सबैले आफ्नो ठाउँबाट राम्रो भूमिका खेलौं । तिर्न सक्ने अभिभावकले शुल्क तिरौं । नसक्नेको हकमा विद्यालयहरुले पनि सही भूमिका खेल्नुपर्यो ।’ उनले आफूहरु (अभिभावक) विद्यालयको सञ्चालन खर्च भने तिर्न तयार रहेको सुनाए । उनले भने,‘तर, रिकष्टिङ गर्नुपर्छ । हामी फि तिर्न तयार छौं । ट्युसन फि चाहीँ हामीले तिर्नुपर्छ ।’ 

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

3 weeks ago
भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह
विविध

भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह

4 weeks ago
कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते
विविध

कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते

4 weeks ago
दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण
पहरा विशेष

दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण

1 month ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

No Result
View All Result