दोलखा । दोलखाको मेलुङ गाउँपालिका १ पवटीबाट जिल्ला सदरमुकाम चरिकोट आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।
पवटीस्थित सिम्टेबाट चरिकोटका लागि छुटेको अरनिको यातायातको बा ५ख ६५९० नम्बरको बस पवटीको चुच्चेढुंगा नजिकै दुर्घटना हुँदा १७ जना घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हिलाम्मे सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।
दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । दुर्घटनामा घाईते भएकामध्ये १ जना महिलाको हात चेपिएको र अन्य ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि सदरमुकाम चरीकोट ल्याईदै गरेको प्रहरी प्रवक्ता बोहोराले जानकारी दिए । सामान्य घाइतेहरुको स्थानीयय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ
तपाईको प्रतिक्रिया