–लोकनारायण सुबेदी
बर्तमान कालखण्डमा बिभिन्न कारणले गर्दा बिश्वभरी नै समाजबादी आन्दोलनमा ठूलो धक्का लागेको छ । यसले गर्दा एकातिर समाजबादसँग जोडिएका शक्तिहरु कमजोर भएका छन् भने अर्कातिर बैज्ञानिक समाजबादसँग सम्बन्धित कतिपय बिषयमा फैलाइएका भ्रमलाई चिर्दै बद्लिदो समयकासाथ यसलाई स्पष्ट पार्नु पर्ने र समयानुकूल यसलाई ढाल्नुपर्ने दृढ संकल्पको आवश्यकता पनि उत्तिकै छ । समानता तथा न्यायको उदेश्यलाई अन्य बिचारधाराका मानिसहरुले पनि आफ्नो स्तरमा मान्यता दिने गर्दछन् । तर समाजबादको बिशिष्ठ पहिचान अर्थिक तथा सामाजिक समता र न्यायलाई उच्चत्तम प्राथमिकता दिने तथा तदनुरुपका नीतिहरुको आधार बनाउने कुरामा निहीत छ ।
सही कार्यक्रमलाई सही किसिमले लागु गर्नका लागि जुन गहिरो र गम्भीर प्रतिबद्धता चाहिन्छ, जुन जोखिम र कठिनाई सहने र झेल्ने साहस चाहिन्छ त्यो प्रायः बिद्यमान छैन ।
यो बेग्लै प्रश्न हो कि बिश्व स्तमा समाजबादको बाटोमा हिडेको दाबी गर्ने कतिपय संगठनहरु आज यस मूल पहिचानमा खारो उत्रिन सक्तैनन् । निष्ठा तथा अध्ययनशीलताको अभाबमा या त सही कार्यक्रम बन्न पाउदैन या त्यसलाई ठीक किसिमले लागु गरिदैन । सही कार्यक्रमलाई सही किसिमले लागु गर्नका लागि जुन गहिरो र गम्भीर प्रतिबद्धता चाहिन्छ, जुन जोखिम र कठिनाई सहने र झेल्ने साहस चाहिन्छ त्यो प्रायः बिद्यमान छैन । अनि यस्ता कार्यहरु गरिने गरिन्छ जुन सिद्धान्तको ठीक बिपरीत र प्रतिकूल सिद्ध हुन्छन् । यी सबै कारणहरुले गर्दा समाजबादको बैचारिक स्पष्टतालाई कायम राख्न र त्यसका आधारमा बिस्तृत स्थानीय कार्यक्रम तय गर्नका लागि पनि जुन चूनौतिहरु छन् ती पछाडि पर्दै गएका छन् । यद्यपि अझै पनि त्यत्तिको बिलम्ब भइसकेको छैन । सही ढंगले प्रयास गरियो भने यो फेरि पनि जनहितकारी सिद्ध हुन सक्नेछ । यसका लागि आबश्यक के छ भने बिश्वका बद्लिदा स्थितिहरु र समस्याहरुलाई समाजवादका मूल सोचमा समुचित स्थान दिइनु पर्दछ । यसमा सबैभन्दा महत्वपूर्ण मूद्दा आज पर्याबरणको पनि रहेको छ । पर्याबरणको महत्वलाई स्वीकार त सबैले गर्ने गर्दछन् तर समस्या के छ भने पर्याबरण संरक्षणको तौर तरीकाका बारेमा धेरै मतभेदहरु छन् ।
बन तथा बन्य जीबहरुको रक्षाका लागि कतिपय मानिसहरु यस्ता सुझाव दिन्छन् जसबाट गाउँबासीहरु बिशेष गरेर आदिबासीहरुको बिस्थापन हुने गर्छ या तिनको आजीबिका संकटमा पर्ने गर्छ । अनि कतिपय मानिसहरु बन तथा बन्य जीवहरुको रक्षाका लागि यस्ता सुझाव दिन्छन् जसमा गाउँबासीहरुको आजीबिका या आधार पहिलाभन्दा सबल हुन सक्छ । आवश्यक कुरा के छ भने समाजबादको सोचमा दोश्रो किसिमको उपाय अपनाइनु पर्छ, किनकि ती समानता र न्यायका उदेश्य अनुकूल छन् या हुन्छन ।
कतिपय तौर तरीकाहरु बिश्व स्तरमा न्याय र समानताका लक्ष्य अनुरुप होलान् त कतिपय प्रतिकूल पनि । स्पष्ट छ कि समाजबादी सोचमा पहिला किसिमका तौर तरीकाहरुलाई नै मान्यता मिल्नेछ तर तिनलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत गराउन बहुतै कठिन कार्य छ । किनभने सम्पन्न तथा बिकसित देशहरु आफ्नो जिम्मेवारीबाट बच्न या पञ्छिनका लागि यस गम्भीरतम् समस्याको समाधानका न्यायोचित आधारहरुलाई स्वीकार गरिरहेका छैनन् ।
यतिबेला बिश्वस्तरमा पर्याबरणको सबैभन्दा महत्वपूर्ण मूद्दा नै जलवायु परिबर्तनको मूद्दा छ । यसमा सन्देह छैन कि ग्रीन हाउस ग्याँस बिशेष गरेर कार्बनडाइअक्साईडको उत्सर्जन तीब्र गतिले बढिरहेको छ । अनि यही क्रमले यो जारी रह्यो भने धरतीमा जीवनको अस्तित्व नै भयंकर संकटमा पर्न जाने गम्भीरतम खतरा छ ।यस्तो स्थितिमा ग्रीनहाउस ग्यास उत्सर्जनमा कमी गरिनुपर्ने कुरालाई त सबैले स्वीकार गरिरहेका छन् तर प्रश्न के छ भने निर्णायक स्तरमा यसमा अंकुश लगाउने के कस्ता तौर तरीका कसरी अपनाउने हो ता कि सारा देशहरुले समान सहभागिता या उत्तिकै दायित्व बहन गरिरहेको देखियोस् । कतिपय तौर तरीकाहरु बिश्व स्तरमा न्याय र समानताका लक्ष्य अनुरुप होलान् त कतिपय प्रतिकूल पनि । स्पष्ट छ कि समाजबादी सोचमा पहिला किसिमका तौर तरीकाहरुलाई नै मान्यता मिल्नेछ तर तिनलाई अन्तर्राष्ट्रिय स्तरमा स्वीकृत गराउन बहुतै कठिन कार्य छ । किनभने सम्पन्न तथा बिकसित देशहरु आफ्नो जिम्मेवारीबाट बच्न या पञ्छिनका लागि यस गम्भीरतम् समस्याको समाधानका न्यायोचित आधारहरुलाई स्वीकार गरिरहेका छैनन् ।
बिश्वमा आज हतियार उद्योग अत्यन्तै ठूलो मुनाफाका उद्योग बनिसकेका छन् । धनी देशमा केन्द्रित हतियार कम्पनीहरु बिकासशील देशरुलाई अत्यन्तै महँगा हतियार बेचिरहेका छन् । एउटा ठूलो बिनाशकारी हतियार यति धेरै मूल्यको हुने गर्दछ कि त्यसबाट राम्रो सुबिधा भएका कयौं अस्पतालहरु खोल्न सकिन्छ ।
पर्याबरणका मूद्दामा, पेटेण्टका मूद्दामा, जीएम (जेनेटिकल्ली मोडिफाइड)बालीनालीका मूद्दामा समग्रमा भन्ने हो भने न्याय तथा समानतामा आधारित बिश्व ब्यबस्थाको सबैभन्दा ब्यापक मूद्दामा नै सम्पन्न र बिकसित देशहरुबाटै अन्तर्राष्ट्रिय बित्तीय तथा ब्यापारिक संस्थानहरुसँग टक्कर हुनेनै गर्दछ । यस प्रकारका पेचिला मूद्दाहरुलाई कसरी सुल्झाउने हो, यो एउटा समाजबादी संगठनका लागि यस्तो चूनौति हो जसको तयारी उनीहरुले साबधानीपूर्वक गर्नै पर्दछ । यी मूद्दाहरुको कानुनी पक्षका बारेमा बिस्तृत जानकारी पनि यसका लागि अत्यावश्यक छ । यो कुरा त पहिलादेखि नै भनिदै आएको हो कि धरतीका सीमित संसाधनहरुलाई ध्यान दिदै तिनको समतबादी बितरण उचित र आवश्यक छ । तर जलवायु परिवर्तनको कालखण्डमा यो पनि ठूलो प्रश्न बनेर खडा भएको छ कि कार्बन स्पेस पनि सीमित छ । अर्को शब्दमा यस कारण ग्रीन हाउस ग्यासहरुको उत्सर्जनलाई सीमित दायरामा रोक्न जरुरी छ । अतः औद्योगिक उत्पादनमाथि पनि केही अंकुश लगाउनु पर्ने हुन्छ कि यसलाई कत्तिको बढाउन सकिन्छ । यस किसिमको अंकुश लाग्यो भने के आवश्यक हुन्छ भने पहिलो प्राथमिकता जन साधारणको आवश्यकतालाई पूरा गर्नमा दिइनु पर्दछ र सम्पन्न बर्गको बिलाशीतामाथि रोक लगाइनु पर्दछ । तर यसको लागि कसले पहल गर्ला ! किनभने धनी देशहरु आफ्ना आवश्यकता सीमित तुल्याउने दिशामा सोच्न चाहन्छन् भन्ने कतै पनि देखिदैन । बिश्वमा यस्तो किसिमको जुन स्थिति उत्पन्न भइरहेको छ त्यसमा समता तथा समाजवादमा आधारित मूद्दाहरुलाई सही किसिमले उठाउनका लागि समाजबादी शक्तिहरु सबल हुनु आवश्यक छ । यस नयाँ परिस्थितिमा समाजबादको बैचारिक आधार स्पष्ट गर्नका निमित्त निर्णायक स्तरमा प्रयास आवश्यक छ । यसकासाथै बिश्व शान्तिको मूद्दालाई पनि नयाँ सन्दर्भमा समाजबादमा सामेल गर्नु उत्तिकै आवश्यक छ । बिश्वमा आज हतियार उद्योग अत्यन्तै ठूलो मुनाफाका उद्योग बनिसकेका छन् । धनी देशमा केन्द्रित हतियार कम्पनीहरु बिकासशील देशरुलाई अत्यन्तै महँगा हतियार बेचिरहेका छन् । एउटा ठूलो बिनाशकारी हतियार यति धेरै मूल्यको हुने गर्दछ कि त्यसबाट राम्रो सुबिधा भएका कयौं अस्पतालहरु खोल्न सकिन्छ । यति हुँदाहुदै पनि अत्यावश्यक र आधारभूत क्षेत्रमा खर्च छोडेर यस्ता बिनाशकारी हतियार किन्न गरीब तथा बिकासशील देशहरु अग्रसर हुने गर्दछन् । आज यस्तो स्थिति उत्पन्न गरिएको छ । बिभिन्न देशहरुमा आम मानिसहरुको आधारभूत आवश्यकता पूरा गर्नमा ठूलो बाधा यो हो कि सेना तथा हतियारहरुमा अधिक खर्च गर्नु बिवशता जस्तै बन्न गएको छ । अर्कोतिर अधिक बिनाशकारी हतियारहरुको जहाँ वास्तवमा उपयोग गरिन्छ (जस्तो कि इराकमा ठूलो मात्रामा देखिएको छ ) त्यहाँ असैह्य बर्बादी र बिनाशलिला हुने गर्दछ ।
सबै प्रकारका हिंसा तथा अपराध कम गर्नका लागि पनि सामुदायिक प्रयासलाई सबल तुल्याइनु पर्दछ । यस प्रकार न्याय तथा समताको मूल सरोकारका साथ बिश्व र स्थानीय स्तरमा शान्ति तथा पर्याबरण संरक्षणका सरोकारहरुलाई यसरी जोड्नु पर्दछ कि समग्र साझा सोच बनोस् ।
महाबिनाशक हतियारहरु बिशेष गरेर परमाणु हतियारहरुको यति ठूलो भण्डार एकत्र भइसकेको छ जसले केही क्षणमै पूरै संसार नष्ट गर्न सक्तछ । यस्तो स्थितिमा मानब सभ्यताको रक्षाका लागि बिश्व शान्ति तथा निशस्त्रीकरणका मूद्दाहलाई नयाँ सन्दर्भमा उठाउन एकदमै आवश्यक छ । स्थानीय सन्दर्भमा यस सोचको अभिब्यक्ति यो हो कि सबै बिबादहरु शान्तिपूर्ण किसिमले सुल्झाउने प्रयास होस् बिशेषगरी बिभिन्न धार्मिक र सामुदायिक समूहका बीच सद्भावना बढाउने गम्भीर प्रयास गरियोस् । सबै प्रकारका हिंसा तथा अपराध कम गर्नका लागि पनि सामुदायिक प्रयासलाई सबल तुल्याइनु पर्दछ । यस प्रकार न्याय तथा समताको मूल सरोकारका साथ बिश्व र स्थानीय स्तरमा शान्ति तथा पर्याबरण संरक्षणका सरोकारहरुलाई यसरी जोड्नु पर्दछ कि समग्र साझा सोच बनोस् । यसलाई नागरिकहरुका बीच यस्तो रुपमा लगिनु पर्दछ जसले गर्दा कार्यक्रमका जटील पक्ष पनि सजिलैसँग बुझ्न सकियोस् । कार्यक्रम केही ब्यक्तिहरुसँग मात्रै जोडिएका सोचको संकीर्णतमा बाँधिनु हुदैन । सबै समाजबादी बिद्वानहरुका बिचारहरुको अध्ययन तथा अनुभवहरुबाट सिक्नु पर्दछ । यद्यपि अहिले न्याय र समताको प्रयास बिश्व इतिहासमा सबै देशहरु र समाजहरुमा हुँदै आएका पनि छन् । यदि समाजबादको बैचारिक आधारलाई स्पष्ट गरियो भने आउदो समयमा यसको ब्यापक प्रचार–प्रसारका लागि अनुकूल स्थिति उपलब्ध हुने ठूलो सम्भाबना देखिन्छ । आबश्यकता इमानदरीपूर्वक प्रयास गर्ने कुराको छ । अबसरबाद, बेइमानी र भ्रष्टीकरणबाट बच्नु सही बाटोमा अग्रसर हुने प्रस्थान बिन्दू र पहिलो शर्त नै हो ।
तपाईको प्रतिक्रिया