Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने


टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ ।

सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका एकसेएक प्रमुख नेताहरू रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागारमा धाइरहेका बेला सो पार्टीले टीकापुर घटनाको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले भने, सरकारमा जानका लागि मुद्दा फिर्ताको मुद्दालाई नै प्रधान बनाएका छौं । अब उधारो सहमति हुन्न । माग पुरा भएपछि मात्रै सरकारमा जाने बचन दिएका छौं ।

‘हामीले टीकापुर घटनाको मुद्दा फिर्ता लिनुपर्छ भनेको छौँ । सरकारले तत्काल मुद्दा फिर्ता लिए सुदूरपश्चिम तथा लुम्विनी प्रदेश तथा संघीय दुवै सरकारमा तुरुन्त सहभागी हुन्छौँ’, प्रवक्ता दामोदर पण्डितले भने, ‘यदि सरकारले मुद्दा फिर्ता नलिए प्रदेश र संघको शपथ पनि लिन्नौँ । हामी सडकबाटै दबाब दिन्छौं ।’

आफूहरू सत्तामा जान चुनाव नलडेको बताउँदै पण्डितले मुद्दा प्रमुख एजेन्डा भएको जिकिर गरे ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

यसै गरी प्रदेशसभामा कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कुल ७ जनाले चुनाव जितेका छन् । सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत नपुगेपछि नेताहरूले रेशमलाई जेलमै भेटेर सहयोगका लागि आग्रह गर्न थालेका हुन् ।

रेशमलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँण लगायतले भेटेर सरकार बनाउन सहयोग मागेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर मुद्दा फिर्ता लिने भन्दै सरकारमा सहभागी हुन उनीहरुले रेशमलाई आग्रह गरेको बताइएको छ ।

२०७४ सालको चुनावमा रेशम तत्कालीन राजपाबाट कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनको मुद्दा फिर्ता लिने भन्दै पार्टी पटक पटक सरकारमा समेत गएको थियो । तर, उनको मुद्दा सरकारले फिर्ता नलिएपछि जेलबाटै पार्टी बनाएका हुन् । उनको पार्टीले प्रतिनिधि सभामा ४ सिट ल्याएपछि सरकार गठनमा निर्णायक भएको हो ।

२०७२ सालमा भएको टीकापुर घटनामा ८ प्रहरी र एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो । थारु समुदायले कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्नुपर्ने माग गरेको थियो । तर, थारुबाहेकका समुदाय अखण्ड सुदूरपश्चिमको पक्षमा देखिएका थिए । यही विवादमा आन्दोलन चर्किँदा टीकापुर घटना भएको थियो ।

सोही घटनामा रेशमसहित प्रदीप चौधरी, हरिनारायण चौधरी, गंगाराम डंगौरा, वीरबहादुर चौधरी, सीताराम चौधरी संलग्न भएको भन्दै जन्मकैदको सजाय तोकिएको छ । उनीहरु अहिलेपनि जेलमै छन् । लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरी लगायत ५८ जनाले राजद्रोहको मुद्दा बोकिरहेका छन् ।

यस्तै टीकापुर घटनामा छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा छानबिन समिति समेत बनाएको थियो । लाल आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । यो प्रतिवेदन सार्वजनिक गर्न नागरिक उन्मुक्ति पार्टीको अर्को अल्टिमेटम छ ।

ADVERTISEMENT

तपाईको प्रतिक्रिया

Related Posts

चीन रअमेरिकाबीच युद्धको सम्भावना ?
विविध

चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

1 day ago
भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह
विविध

भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

2 days ago
भारत जुत्ता, छालामा विश्वमा नम्बर एक बन्ने सम्भावना छ: मन्त्री गोयल
विविध

भारत जुत्ता, छालामा विश्वमा नम्बर एक बन्ने सम्भावना छ: मन्त्री गोयल

2 days ago
अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ
विविध

अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ

6 days ago
गिलगिट–बाल्टिस्तानको प्राकृतिक स्रोतमाथि चिनियाँ शोषण
विविध

गिलगिट–बाल्टिस्तानको प्राकृतिक स्रोतमाथि चिनियाँ शोषण

6 days ago
अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ
विविध

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ

2 weeks ago

ताजा समाचार

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

13 hours ago
भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

1 day ago
चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

1 day ago
तिब्बती शरणार्थीका अन्तहीन पीडा

तिब्बती शरणार्थीका अन्तहीन पीडा

1 day ago
भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि