Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सैनिक कोषको सम्पत्ति रु ५१ अर्ब ६१ करोड


सैनिक कोषको सम्पत्ति रु ५१ अर्ब ६१ करोड

काठमाडौं – सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति रु ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब रु ४५ अर्ब ८७  करोड नगद मौज्दात छ । कोषको यो तथ्याङ्क गत असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले रु पाँच अर्ब ७४ करोड लगानी छ । शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी  कोषको मुख्य आयस्रोत हो । 

अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा  पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् । धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।एकै आवमा  रु सात अर्ब २९ करोड वृद्धि

उक्त कोषको यथार्थ सम्पत्तिमा गत आवमा  करिब रु सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको यथार्थ मौज्दात रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।

संयुक्त राष्ट्रसङ्घबाट आउन बाँकी मध्ये करिब रु तीन अर्ब ५० करोड रकम गत आर्थिक २०७६÷७७ मा नै प्राप्त भएको थियो । राष्ट्रसङ्घको आह्वानमा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खडा गरिएका ४३ वटा शान्ति मिसनमा रही  हालसम्म एक लाख २९ हजार ११७ नेपाली सैनिकले शान्तिका लागि योगदान पु¥याइसकेका छन् ।

नेपाली सेनाले शान्ति मिसनमा लगानी गरेको तथा खटिएबापत पाउनुपर्ने करिब रु तीन अर्ब राष्ट्रसङ्घबाट अझै प्राप्त गर्न बाँकी नै थाहा भएको छ । बैँक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन ।

कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ । विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ । उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र  शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।

जीवनस्तरमा सुधार ल्याउन चार ‘स’ अभियान

नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका खातिर  कोषमार्फत शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त अभियानअन्तरगत शिक्षण संस्था र अस्पताल स्थापना, तालीम र प्रशिक्षण सञ्चालन, जीवनस्तरमा सुधार ल्याउन लघु वित्त कार्यक्रमका लागि सहुलितपूर्ण ब्याजमा कर्जा प्रवाहजस्ता कार्यक्रम अघि बढेका छन् । सेनाले कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीलाई लक्षित गरी प्रादेशिक सैनिक अस्पताल, मन्टेश्वारी विद्यालय, कृषि तालीम केन्द्र, क्यान्टिन, सहुलियतपूर्ण आवास कर्जा, जीवन बीमा, परिवार आवास र अतिथि गृह सञ्चालन गरेको छ ।

बहालवाला तथा अवकाश प्राप्त सैनिक र उनका परिवारसमेत गरी कल्याणकारी कोषबाट सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या करिब आठ लाख ५० हजार रहेको कल्याणकारी योजना निर्देशनालयले जानकारी दिएको छ । कल्याणकारी कोषले मूलधनबाट प्राप्त हुने ब्याजको ठूलो हिस्साको रकम हिताधिकारीको स्वास्थ्य र शिक्षामा खर्च गर्दै आएको जनाएको छ । रासस

pinterest sharing button

तपाईको प्रतिक्रिया

Related Posts

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

6 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

13 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

4 days ago
एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका
विविध

एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका

5 days ago
सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल
विविध

सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल

5 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

6 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

6 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

13 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि