एजेन्सी – दुई वर्षपछि चीन र अमेरिकाबीच भीषण युद्ध हुनसक्छ । अमेरिकी वायुसेनाका एक शीर्ष जनरलले यस सम्बन्धमा ठूलो दाबी गर्दै वरिष्ठ अधिकारीहरूलाई सन्देश पठाएका छन्। उनको यो दावीपछि सबै तिर युद्धको चर्चा चर्किएको छ । उच्च अधिकारीले ज्ञापनपत्रमा सन् २०२५ मा अमेरिका र चीनबीच युद्ध हुन सक्ने बताएका छन् । यसको आशंका बढ्दै गएको छ । उनले सेनाका अधिकृतहरुलाई युद्धको तयारी गर्न चेतावनी दिएका छन् । यसैबीच अमेरिकी अधिकारीको यो भनाइले सबै छक्क परेका छन् ।
अमेरिकी वायुसेनाका जनरलले शुक्रबार आफ्ना अधिकारीहरूलाई यो सन्देश पठाए। अमेरिकाले दुई वर्षमा चीनसँग युद्ध गर्ने र लक्ष्यका लागि तयार रहन भनिएको छ । एनबीसी न्यूजका अनुसार एयर मोबिलिटी कमाण्डका प्रमुख जनरल माइक मिनाहानले भनेका छन्– म जे सोचिरहेको छु त्यो गलत साबित हुने आशा गर्छु । मेरो भित्री आत्माले भन्छ म 2025 मा रणभूमिमा लड्छु। एयर मोबिलिटी कमाण्डमा करिब ५० हजार सर्भिस मेम्बर र करिब ५०० विमान रहेका छन् । संयुक्त राज्यमा एयर मोबिलिटी कमाण्डले यातायात र इन्धन भर्ने विमानको फ्लीट कायम राख्न मुख्य जिम्मेवारी लोने गरेको हो ।
मिनहानले सन् २०२४ मा ताइवान र अमेरिका दुवैमा राष्ट्रपतीय निर्वाचन हुने भएकाले अमेरिका अलि ब्यस्त’ हुने र चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानमा अगाडि बढ्ने अवसर पाउने उल्लेख गर्दै उनले आफ्नो तयारीलाई तीव्रता दिन चेतावनी दिएका छन् । एक सम्भावित द्वन्द्व, सीले आफ्नो तेस्रो कार्यकाल (कम्युनिष्ट पार्टीको महासचिवको रूपमा) हासिल गरेको र अक्टोबर २०२२ मा आफ्नो युद्ध परिषद स्थापना गरेको उल्लेख गरेको बताए ।
‘सन् २०२५ मा युद्धको सम्भावना बढ्नेछ’
ताइवानको राष्ट्रपतीय निर्वाचन २०२४ मा हुने छ, जसले सीलाई मौका दिनेछ। मिनिहानले अमेरिकामा पनि सन् २०२४ मा राष्ट्रपतिको निर्वाचन हुने बताए । यस्तो अवस्थामा चीनले आफ्नो रणनीति कार्यान्वयन गर्ने अवसरको पूरा फाइदा उठाउने प्रयास गर्नेछ । अवस्था यस्तो पनि हुनसक्छ कि सन् २०२५ मा अमेरिका र चीनबीच युद्धको सम्भावना बढ्नेछ । ताईवान् लाई लिएर अहिले पनि चीन अमेरिका तनावग्रस्त रहने गरेला छ्न
तपाईको प्रतिक्रिया