काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता अभिषेकप्रताप शाहले संवैधानिक हिन्दु आयाेग गठन गर्न माग गरेका छन् ।
देशमा धर्मनिरपेक्षतापछि सनातन हिन्दु सभ्यतामाथि लगातार आक्रमण भइरहेकाे र राज्यकै संरक्षणमा जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेकाे भन्दै नेता शाहले हिन्दु आयाेगकाे माग गरेका हुन् ।
`सनातन धर्म रक्षाकाे छुट्टै निकाय आवश्यक छ । बढ्दाे धर्मान्तर राेक्न कडाइका साथ निगरानी गर्ने संरचना आवश्यक छ । यसैकारण संवैधानिक हिन्दु आयाेग आवश्यक छ,´ उनले भने ।
तपाईको प्रतिक्रिया