दार्चुला । दार्चुलाको उत्तरी सिमा क्षेत्र मा रहेको ब्यास गाउपालिकाको वार्ड नम्बर १ र २ जोड्ने तम्बाकु भेल को गोरेटो बाटो अबरुद्ध भएको छ ।जिल्लाको सबै भन्दा बिकट क्षेत्रमा रहेको ब्यास र तिन्कर गाउँ जान नेपालको महाकाली किनारै किनार बनेको गोरेटो बाटो एक दुई ठाउँबाट अत्यन्तै खतरानाक भिर मा स्थानीयले काठको बल्ली र तार लगाएर आवतजावत गर्नको लागि बनाएको बाटो अहिले तार र काठको बल्ली लगायत अस्थायी बनाएको बाटोलाई भत्काएर नदिमा बगाएको छ ।
स्थानीयलाई आवतजावत गर्न नेपाल तर्फको बाटो पुर्णरुपमा बन्द भएको छ । ब्यास र तिन्कर आवतजावत गर्न स्थानीयहरुले भारतको बाटो भएर जाने गरेका छन् ।
भारत तर्फको बाटो नहुने हो भने नेपालीहरुको छाङरु र तिन्कर जाने बाटो सदाका लागि बन्द हुने निश्चित छ ।केही समय पहिले अस्थायी रुपमा भिरमा काठको बल्ली तार लगाएर अस्थायी रुपमा आवतजावत गर्न बनाएको बाटो शनिबार राती देखी पुर्ण रुपमा क्षेत विच्छेद भएको छ ।
बैशाख पहिलो साता सम्म गोरेटो बाटो निर्माण कार्य नभएमा सौका समुदायले कुन्चा , गाई बस्तु लगायत मानिसको लागि भारतको बाटो प्रयोग गर्नु पर्ने निश्चित छ ।
अहिलेसम्म नेपाल तर्फको बाटो अबरुद्ध हुदा नेपालीहरुले जिल्ला प्रसासन कार्यालय दार्चुलाबाट आवतजावतको लागि सिफारिश लिएर भारत को बाटो प्रयोग आवतजावत गर्ने गरेका छ् ।
तपाईको प्रतिक्रिया