रौतहट । दिपेश कुमार शाह। २६ गते
फतुवाबिजयपुर नगरपालिकामा एक मोटरसाइकलले अर्को मोटरसाइकलको पछाडीबाट ठक्कर दिए पछि आगाडी रहेको मोटरसाइल चालक गम्भीर घाईते भएको छ ।
गम्भीर घाईते हुनेमा मोटरसाइकल चालक फतुवाविजयपुर नगरपालिका ६ पेरभर्वाका २० बर्षिय हरेराम बैठा रहेको छ । श्री माध्यमिक विधालय कनकपुर सेन्टरबाट कक्षा १२ को परिक्षा दिएर घर जाने क्रममा सन्तपुर देखी पेटभर्वा जादै गरेको प्र-२- ०३-१४ प. ५१५८ नम्बरको मोटरसाईकललाई सोही नगरपालिका ७ फतुवाका ओमप्रकाश चौधरीले ना.१५ प. ३४७१ नम्बरको मोटरसाईलले पछाडीबाट ठक्कर दिएको ईलाका प्रहरि कार्यलय सनतपुर दोस्तियाले बताएका छ्न
दुर्घाटनामा परी गम्भीर घाईते भएको बैठालाई समुदायीक अस्पताल कटहरियामा उपचार भईरहेको छ । त्यस्तै उक्त दुर्घाटनामा समान्य घाईते भएका चौधरीलाई महादेव हेल्थ सेन्टर सन्तपुरमा उपचार भईरहेका छ । घाईते बैठाका अवस्था गम्भीर रहेकोले थप्प उपचारको लागि विरगंज पठाउने त्यारी भईरहेको घाईतेको दाई दिपेन्द्र रजकले जनकारी दिए।
दुर्घाटना भएका दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका सई बद्री कुमार रायले बताए ।
तपाईको प्रतिक्रिया