काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ११० जना, भक्तपुरका ८ जना र ललितपुरका १६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । यो संगै कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
त्यस्तै आजै थप १७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १६६६४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२०१ रहेको छ।
तपाईको प्रतिक्रिया