काठमाडौं । प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै यथास्थितिमा काम गर्न दिनु भन्दै सर्बोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
बुधबार न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्नु परेको कारण पेश गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेकोमा सो नियुक्ति रोक्न माग गर्दै चेतनाथ धमलाले भदौ १ मा सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनमा बहस गर्दै कार्यवाहक अध्यक्ष नियुक्तिको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको छ ।
प्रेस काउन्लिस नेपालमा कार्यवाहक अध्यक्षका सम्बन्धमा सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउत २६ गते प्रेस काउन्सिल कार्यव्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो।
तपाईको प्रतिक्रिया