लप्सीको अचार मन नपराउने सायदै कमै मात्र होलान् । लप्सीको अचार सुन्ने बितिकै सबैको मुखमा पानी रसाउछ । लप्सीको अचार खानु जति सजिलो छ बनाउन पनि त्यति नै सजिलो छ भन्ने थाहा नहुन सक्छ । तर सही तरिकाले बनाउन जानिएन भने यो निकै स्वादिलो भएपनि मिठो नलाग्न सक्छ।
आउनुहोस् आज तपाईलाई सजिलो तरिकाले लप्सीको अचार बनाउने केही विधि र प्रक्रिया जानकारी दिनेछौं ।
लप्सीको अचार घरमै बसि यसरी सजिलै बनाउनुहोस् :
लप्सको लागि आवश्यक सामाग्री :
लप्सी = ५ के.जी
तेल = आधा लिटर भन्दा बढी
ज्वानो = सय ग्राम
सौप दाना र अलिकति खुर्सानी आवश्यकता अनुसार
जीरा = एक पाउ
ज्वानो = एक पाउ
धनिया = एक पाउ,
टिमुर-खुर्सानी अलिकति
नुन आवश्यकता अनुसार
चिनी/सखर = आधा/ एक के.जी
बनाउने विधि :
- शुरूमा एउटा भाँडामा लप्सी कति बनाउने हो त्यसलाई हालेर ७-१० मीनेट उमाल्ने ।
- पाकेको लप्सी भए बोक्रा निकाल्दा राम्रो, निकालेपछि हल्का तेलमा पकाउन पनि सकिन्छ, नपकाउदा पनि हुन्छ ।
- पहिलो चरणमा – तेल तताएर ज्वानो, सौप दाना र अलिकति खुर्सानी डढाएर तात्तातो लप्सीमा मिसाउनुपर्छ ।
- दोस्रो चरणमा – जीरा ,ज्वानो, धनिया, टिमुर-खुर्सानी अलिकति, नुन त्यसपछि भुटेर, त्यसलाई मज्जाले पिसेर मिसाउनुपर्छ ।
- अन्तमा चिनी अथवा सखर के मनपर्छ तताएर बाक्लो घोल बनाएर मिसाउनुपर्छ ।
- अलि गुलियो बनाउन गुलियो धेरै प्रयोग गर्दा फरक गर्दा पनि हुन्छ।
यसरी मिठो स्वादिष्ट लप्सीको अचार घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।
तपाईको प्रतिक्रिया