सिन्धुपाल्चोक । अविरल वर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जनौँ घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लाको जबमु बजारमा बाढी पहिरो आएको छ । पहिरोले बजारमा ठुलो क्षति पुगेको छ ।
पुलसहित बजार चुर्लुम्म डुबेको छ । घटनामा अहिलेसम्म १५ घरका १९ जना वेपत्ता भएका छन् ।
घटनामा ठुलो जनधनको क्षति भएको छ । जम्बु निवासी २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको छ ।
उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया