Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

खेलमा पराजित भएलगत्तै प्रशिक्षक अल्बर्टलाई पदबाट बर्खास्त


खेलमा पराजित भएलगत्तै प्रशिक्षक अल्बर्टलाई पदबाट बर्खास्त

स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले प्रशिक्षक अल्बर्ट सेलाडेस लोपेजलाई पदबाट बर्खास्त गरेको छ। भ्यालेन्सिया ला लिगाको पछिल्लो खेलमा भिल्लारियलसँग पराजित भएलगत्तै प्रशिक्षक अल्बर्टलाई पदबाट बर्खास्त गरिएको हो। आइतबार राति खेलिएको खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–० गोलले हराएको थियो।

उक्त नतिजापछि भ्यालेन्सियाले सोमबार अबेर प्रशिक्षक अल्बर्टलाई पद छाड्न सुझाव दिएको समाचारमा जनाइएको छ। जारी सिजनको लिगमा भ्यालेन्सियाले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। जारी सिजनको ला लिगामा सबै टोलीले ६÷६ खेल खेल्न बाँकी रहँदा भ्यालेन्सिया ४६ अंकसहित तालिकाको आठौं स्थानमा छ।

भ्यालेन्सियाले यो सिजन १२ जित, १० बराबरी र १० हारको नतिजा निकालेको छ। युरोपियन प्रतियोगितामा छनोट हुनसमेत भ्यालेन्सियालाई समस्या पर्ने देखिएको छ। लगातारको निराशाजनक नतिजाका कारण नै प्रशिक्षक अल्बर्टलाई पदबाट हटाइएको क्लबका एक अधिकारीले जनाएका छन्।

कोरोना भाइरसको महामारीका कारण स्थगित लिग सुचारु भएयता भ्यालेन्सियाले ला लिगामा पाँच खेल खेलिसकेको छ। भ्यालेन्सिया लिग सुचारु भएयता रियल म्याड्रिडसँग ३–०, इबरसँग १–० र भिल्लारियलसँग २–० गोलले पराजित भएको छ। लेभान्तेसँग १–१ गोलको बराबरीमा रोकिएको भ्यालेन्सियाले ओसासुनालाई भने २–० गोलले हराएको थियो।

अल्बर्ट यसै सिजन भ्यालेन्सियाको प्रशिक्षक बनेका थिए। त्यसअघि उनले रियल म्याड्रिडका सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। ४४ वर्षीय अल्बर्टले स्पेनको उमेर समूहका विभिन्न राष्ट्रिय टोलीमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

उनी आफ्नो समयका चर्चित खेलाडी पनि हुन्। स्पेनको राष्ट्रिय टोलीका अतिरिक्त उनले बार्सिलोना र रियल म्याड्रिडजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। ‘प्रशिक्षक अल्बर्टले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका छन्’, क्लबद्वारा सोमबार अबेर जारी विज्ञप्तिमा भनिएको छ, ‘उनले पुर्‍याएको योगदानका लागि हामी धन्यवाद दिन चाहन्छौं।’

अल्बर्टको स्थानमा साल्भाडोर गोन्जालेज मार्को ९भोरो०लाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। आगामी खेलमा ५६ वर्षीय भोरोले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। भोरोलाई भ्यालेन्सियाले छैटौं पटक अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

गत सेप्टेम्बरमा भ्यालेन्सियाले तत्कालीन प्रशिक्षक मार्सेलिनोलाई पदबाट बर्खास्त गर्दै उक्त जिम्मेवारी अल्बर्टलाई दिएको थियो। मार्सेलिनोको प्रशिक्षकत्वमा भ्यालेन्सिया ला लिगा तालिकाको चौथो स्थानसम्म उक्लिएको थियो। अल्बर्टको प्रशिक्षकत्वमा भने भ्यालेन्सियाले विभिन्न प्रतियोगितामा १३ वटा खेल खेलेकोमा केवल दुई जित हात पार्न सक्यो।

भ्यालेन्सिया जारी सिजनको च्याम्पियन्स लिगबाट समेत बाहिरिइसकेको छ। च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा भ्यालेन्सियालाई इटालियन सिरिए क्लब एटलान्टाले ८–४ कुल गोल भिन्नताका आधारमा हराएको थियो।

Tags: बर्खास्त

तपाईको प्रतिक्रिया

Related Posts

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका
विविध

एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका

5 days ago
सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल
विविध

सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल

5 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

3 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि