थुप्रैथुप्रै पर्वतहरुको
नालिवेली सडक
अनि शहर सम्म
चरचरी फुटेका कुर्कुचाहरुले
यहि धर्ती टेकेर
सुन्दर समाजको
खोजी गरि रहेको छु ।
आधा सपना फुटेका छन
आधा सपना चौटिएका छन
आधा सपना
सपनै देखि रहेका छन
चरचरी फुटेका कुर्कुचाहरुले
यहि धर्ती टेकेर
सुन्दर समाजको
खोजी गरि गरिरहेका छन
चाहानाहरु छन
सुन्दर प्राकृतिसंग खेलिरहु
चाहाना छन
त्यो अतितलाइ कल्पिरहु
चाहाना छन
स्वच्छ समाजमा
सफा भएर बाचिरहु
त्यो अतितलाइ
कल्पना गरिरहनु पनि
ढल्के वर जस्तै
आफै बूढो हुनुरहेछ ।
थुप्रै(थुप्रै पर्वतहरुको
नाली बेलि (सडक अनि
शहर सम्म
चरचरी फुटेका कुर्कुचाहरुले
यहि धर्ती टेकेर
सुन्दर समाजको
खोजी गरि रहेको छन ।।
तपाईको प्रतिक्रिया