माइतिको आँगनमा
जाही, जुही र सयपत्रि
सुमधुर भाकासहित
छमछम नाचिरहेछन्
तिनै जाहि जुही र सयपत्री बोकेर
अनुहार चाउरी परेको
बुढो रुख
बलेसीको आडैमा उभिएर
लगातार तालि पिटी रहेछ
एकोहोरो नियालिरहेछ
र सम्झँदैछ
उनी जन्मिँदाको दिनदेखि
छमछम नाचिरहेकी उनीसम्म ।
उनको सुरक्षाको निम्ति
अनवरत बोझ खेपीरहेको दलिन
मुस्कुराउँदै धोत्रो स्वरमा
लयमा लय मिलाउँदैछ
गाउँदै छ उही पुरानो काहानी
विहान खुवाए बेलुका के खुवाउँ
बेलुका खुवाए बिहान के खुवाउँ ।।
-विजय खत्री
२०७७ भदौ ५ गते, शनिबार
तपाईको प्रतिक्रिया