Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पीडामा रुमलिँदाको याद !


पीडामा रुमलिँदाको याद !

-विजय खत्री 

कोठामा म एक्लै लमतन्न सुतिरहेको बेला सूर्यका किरणहरु झ्यालको बाटो भएर मलाई स्पर्श गर्दै भनिरहेथे, उठ् उज्यालो भईसक्यो । हिजो अस्तिको जस्तै हुँदो हुँ त जुरुक्क उठेर नित्य कर्म गरी व्यायम, ध्यान पश्चात २ ग्लास मनतातो पानी पिएर दिनको सुरुवात गर्ने थिएँ तर आज आकाश आएर थिचे जस्तै टाउको गह्रौं भएको छ, शरिरबाट पसिनाका मुल फुटिरहेछन्, उठ्नलाई सिरक फाल्न खोज्दा हिँउ मिश्रित हावाका झोक्काहरुले मुटुमा प्रहार  गरेझैं लागिरहेछ । 

म दुखिरहँदा पनि मेरो अनन्य मित्र/साथीको याद फुल झैं मगमगाएर आइरह्यो । उनी रातभर निदायिनन् होला । उनका लागि यो कलिलो घाम मध्यरातको चन्द्रमा बनिरहेको होला, १० बजेपछि फोन गर्नु पर्ला । उनको बोलीले सदाझैं मेरो शरिरमा केही स्फूर्ति पक्कै थपिनेछ । रोग केही कम पक्कै हुनेछ भन्ने सोच्दै कोल्टो फेरें ।  

सूर्यका किरणहरु छिप्पिँदै गर्दा मलाई पनि रोगले च्याप्दै थियो । टाउकोमा ज्वालामुखी उम्लिरहेथ्यो, उति नै बेला लगातार हाछ्यू हाछ्यू आइरह्यो । टाउकोमा दश रेक्टरको भूकम्पको महसुस भएछ । दुई हातले टेका लगाई आँखा बन्द गरिरह्यो । 

चिम्सा आँखा पार्दै मोबाइल खोजेर समय हेरें । विहानको आठ बज्नै आँटेको रहेछ । त्यति बेलासम्म मेरो कोठा चकमन्न थियो । चुल्होमा आगो बालुँ, पानी तताउँ पिउँ जस्तो महसुस भयो तर शरिर खाटबाट झर्नै मानेन् । मैले चुल्हो हेरिरहेँ, चुल्हो मलाई हेरीरह्यो । न उ मलाई पानी तताएर दिन सक्थ्यो न मैले उसलाई बाल्न सक्थें । केही समय पश्चात खाटको सिरानतिर समाएर बल्लतल्ल उठेँ तर बिना साहारा हिँड्ने आँटै आएन । भित्ता समाएर ढोकासम्म पुगेँ । म ढोका तान्छु, ढोका मलाई तान्छ । केही समयको कसरत पश्चात ढोका खुल्यो । शरिर टन्न रक्सि पिएझैं लरखराएको थियो । विस्तारै शौचालयको ढोका खोलेँ ।  शौचालय भित्र पसेर पाइन्टको इजार खोल्न थाल्छु सक्दै सकिन । निकै प्रयास गरेँ, ज्यान थाक्यो, ज्यान ढल्नै लागेझैं भयो । थुचुक्क भुईमा बसेर सुइइया सुस्केरा हालेँ । १०/१५ मिनेट बसेपछि फेरी उठेँ । उही पाइन्टको इजार तिर आँखा लगेँ तिरिमिरि देख्छु । एउटा डोरी २/३/४ वटा देख्छु । वास्तवमा डोरी कता घुमेको छ, पत्तै लाग्दै रिगाटा लाग्छ, फेरी टुक्रुक्क बस्छु । पिसाबले निकास खोजेको पनि घण्टौं भईसक्यो । टनटन दुख्छ तर इजार फुक्कै फुक्दैन । फेरी प्रयासमा उत्रिएँ । त्यस पटकको प्रयास सफल भयो  र स्वर्गीय आनन्द लिँदै  पिसाब फेरेर कोठामा फर्किएँ । 

पानी पिउने मन त पटक्कै थिएन तर विरामी पर्दा तातो पानी पिउनु पर्छ, नमिठो लागे पनि खाना खानु पर्छ भनेर सम्झाउने मेरी साथीको वचन खेरजान दिन्न झैं लागेर लगलग काँपेका दुई हातले समाएर पानी तताउने भाँडा बसाएँ । त्यति गर्दासम्म ९ बजिसकेको थियो । ढाड कट्कट् दुखेकोले एकछिन खाटमा पल्टिएँ । पानी तात्यो भकभक उम्लियो हेरी रहेँ तर उठ्ने साहस नै आएन । केही समय पछि बल्लतल्ल उठेँ २ ग्लास पानी बसाएको आधा ग्लास भएछ । ग्लास लगेर पानी राख्न खोज्दा हात काँपेर आधा पानी ग्लासमा आधा खुट्टामा पर्‍यो । पीडामाथी पीडा थपियो । फोका उठेर आयो । जाडो यथावत थियो । खाटमा पल्टिएँ । सिरक ओढ्न खोजेको खुट्टाको फोकामा छोएछ खुब दुख्यो । अघिसम्म सिरकले न्यानो दिन्थ्यो अब त सिरक पनि बिझाउने काँडा भईदियो । 

साथीकै यादमा, दश बज्यो कि भनि फोन हेरेको कस्तो संयोग ठीक १० बजेको रहेछ । हतारमै फोन अनलक  गरेर साथी भनौं या साथी भन्दा पनि माथिको मित्रलाई फोन लगाएँ । फोन उठेन । फेरी गरेँ उठेन, फेरी गरेँ उठेन । फेरी गरेँ फोन काटियो । सन्देश पठाएँ । साथी मलाई आज तिम्रो सहयोग चाहिएको छ । म विरामी छु । सन्देश गयो । सिन पनि देखायो तर न फोन आयो न सन्देश नै आयो । मनमा चिसो पस्यो, कतै उनी पनि त विरामी परिनन् ! फेरी फोन गरेँ फोन काटियो । एकातिर आफु विरामी भएको पीडा अर्को तर्फ फोन नउठेको पिडा । म पाकिरहेँ, जलिरहेँ । घाइते मन र काँपिरहेका औँलाहरुको सहयोगमा सामाजिक संजाल खोलेँ र उनको प्रोफाइल हेरेँ उनी सकुसल रहेको झल्कोे पाएँ । फेरी उही खाटमा पल्टिएँ । सोचें, कोरोनाको त्रासमा छ विश्व उनले पनि त्यसै सोचिन कि । 

म विरामी भएको खबर कसैलाई दिएको थिइन । जसलाई खबर गर्छु भन्ने सोचें उसलाई म विरामी हुनु, छट्पटाउनु, खान नपाउनु, पानी पिउन नपाउनु या हस्पिटलको मुखसम्म देख्न नपाई मर्नुमा केही फरक थिएन । 

म मा अघिल्लो दिन खुलै छोडेको झ्याल बन्द गर्नेसम्म साहस थिएन । खाटमा पल्टिरहेको मैले भुर्र गरेको आवाज सुनेँ । सिरक भित्रबाट नियालेर हेरेँ । एक सुन्दर परेवा झ्यालमा बसेर मलाई नै हेरिरहेको रहेछ, केही भन्न खोजिरहे जस्तो देखिन्थ्यो । उसका आँखामा पीडा घोलिए झैँ देखिन्थे । उसलाई हेरिरहन मन लागिरहेथ्यो तर आँखा चस्किन थालेकोले म आँखा चिम्म गरेर बसिरहेँ । उ मलाई हेरिरहेथ्यो । एकछिनमा भन्यो, खाना खानु पर्दैन ? झन् धेरै उही साथीको याद आयो । उनले त्यसै गरी भन्थिन खाना खानु पर्दैन ? त्यो परेवामा उनको अनुहार प्रतिस्थापित भयो । म उसलाई हेरिरहेँ उ पनि मलाई हेरिरह्यो । अघि परेवा हेरेर चस्किएको आँखा अहिले परेवामा उनी देखिएकोले आँखाले सितल महसुस गरिरह्यो । खाना बनाउ, खाना खाउ भनेर परेवा भुर्रर उडेर गयो । म झस्किएँ । 

फेरी मोबाइल झिकेर फोन लगाएँ फोनको घण्टी जाने वित्तिकै फोन काटियो । समय हेरें १२ बज्नै आँटेको रहेछ । यति बेलासम्म त भोक लाग्नु पर्ने लागेन । बल गरेरै भए पनि केही  खानु पर्छ भन्ने लाग्यो तर बनाउन मनले अल्छि गर्‍यो । बजारमा किनेर ल्याएर खाउँ भने बजार सबै बन्द छ, खुलै भए पनि त्यहाँसम्म जाने आँट कहाँ थियो र मेरो । एक छाक नखाँदा के नै होला र, भोक पनि त लागेको छैन भनेर सुतेँ । एक छिन झपक्क के निदाएछु । सपना सुुरु भएछ । मैले ऋण गरेरै पसलको लागि होलसेलबाट टि–सर्ट किनेर ल्याएको रहेछु । उनलाई टि–सर्ट देखाउँदै

म : कस्तो छ ? तिमीलाई मन पर्छ र आवश्यक छ भने लगाउ
उनी : ठीकै छ
म : एउटा रोजेर लगाउन न
उनी : कति परेको हो नी
म : पैसाको के कुरा भयो र, लगाउन साथीको गिफ्ट सम्झेर
उनी : होइन, होइन ! म साथीसँग होइन व्यापारीसँग सामान लिँदैछु ।

म छाँगाबाट खसे झैं, चुक खन्याए जस्तो मलिन अनुहार लिएर बसिरहेँ । त्यति बेला म ऋणमा चुर्लुम्म डुबेको बेला भएर पनि होला । उनले पैसाको रवाफ देखाए झैं, साथीको सम्बन्धमा पूर्णविराम लगाए झैं लाग्यो । व्यापारीले बिना नाफाको व्यापार गर्दैन । मैले त पैसा नै मागेको थिइन । दिने नै भए देउ न त जत्तिमा लिएको थिएँ, त्यत्ति मात्रै देउ रु ३५०/– लिएँ । उनले मेरो भलाईको लागि सामान किनिदिएर ठूलै सहयोग गरे झैं वचनका तिखा तिर हानेर गइन् । 

पसिनै पसिना भएर झल्याँस्स ब्यूझिएछु । साथी ! के देखें यस्तो सपना मनमनले सोध्छु । फेरी फोन लगाउँछु, एक घण्टी गएर फोन काटिन्छ । सोच्छु, दुःख सुखमा काम नलाग्ने साथीको के अर्थ ? फेरी सोच्छु, दुःख सुखमा काम लाग्ने भनेर बढाएको सम्बन्ध त स्वार्थी हो । दुःखमा उनको साथ बिना नै दुःख निवारण गरी सम्बन्ध जस्ताको तस्तै जीवित राख्नु पो निस्वार्थ साथित्व हो । आज दुःखमा साथ दियो फेरी अर्को दुःखमा मात्रै साथ दिने त विमा कम्पनी जस्तै भएन र ? यी र यस्तै कुराहरु मनमा खेलाउँदै २ बजिसकेछ तर विहान देखि घाँटी भिजाउन अलिकति पानी बाहेक त्यति बेलासम्म मुखमा केही परेको थिएन । 

एकाएक चार वर्ष पहिले म विरामी भएको बेला उनले पकाएर खुवाएको चाउचाउले निको पारेको दिन सम्झिन्छु र फेरी फोन लगाउँछु, फोन काटिन्छ । अब चाउचाउ पकाएर खान्छु भन्ने लाग्छ तर उठ्न मनै लाग्दैन । चाउचाउको पनि आयु लम्बिन्छ । फेरी सोच्छु, परिवारमा भएको भए खाना, खाजा, दुध, विस्कुट, औषधी आदि आदिले यतिका बेलासम्म निको भईसक्थ्यो होला तर यहाँ पकाएर खान दिने कोही छैन् । आफ्नो पेटले पनि माग्दैन, शरिरले पकाउँदैन ।

वातावरण सुनसान थियो । म विस्तारामा सुतिरहेकै थिएँ । एक जोडी भँगेरा आएर कुरिकुरि कुरिकुरि भन्दै जिस्काइरहे । उठुँ उठुँ त हुन्थ्यो तर ज्वरो, रुघा, खोकी, शरिरको दुखाइले उठ्ने हिम्मत नै थिएन् । अरुको साथसहयोग त टाढा कै कुरा एउटै कम्पनीमा संगै काम गर्ने, सँगै घुम्ने, संगै खाने, संगै बस्ने, रमाईलो गर्ने, दुःख सुखमा नछुटिने साथीले त फोनसम्म पनि उठाएन । फेरी फोन गर्छु, उठ्दैन । मोवाइलमा समय हेर्छु, साँझको पाँच बज्न आँटिसकेको रहेछ । अब त केही बनाएर खानु पर्छ । यसरी भोकै बस्यो भने त भोली उठ्नसम्म पनि सकिँदैन भन्ने लागेर उठ्ने प्रयास गरेँ । भुइमा के टेकेको थिएँ फनफन रिँगटा लाग्यो फेरी खाटमा पल्टिएँ । केही क्षणपछि उठेर केही शक्ति आउला कि भनेर नुन, चिनी, पानी पकाएर पिएँ र फेरी विस्तारामा पल्टिएँ । आँखाले बाहिरि संसार हेर्ने चेस्टा नै गर्दैन, शरिरले सिरक उठाउनै मान्दैन । आँखा चिम्लिएर सिरकमा घुसारिएँ । 

साँझ परेछ, झन गाह्रो महसुस हुँदै गयो । औषधी ल्याइदिने कोहि भएन । कोठामा रहेका सबै औषधीहरु हेरे सबैको आयु सक्किसकेको रहेछ । औषधालय जानै पर्‍यो भनि हिड्न खोज्यो पुरैै घुमिरहे जस्तो लाग्छ, लडेँलडेँ झैं हुन्छ । भदौको महिना बाक्लो पाइन्ट, ज्याकेट त लगाएकै थिएँ । मेरो शरिरले टोपीको अभाव महसुस गर्दै थियो । कथाले मागेपछि जे पनि गर्नु पर्दोरहेछ । हेलमेट लगाएर औषधालय पुगेर औषधी लिएर आएँ । त्यसै त गलेको शरिर बाहिर हिँडेर आउँदा झनै गल्यो । औषधी खाएँ र फेरी विस्तारामा ढलेँ । 

२०७७ भाद्र १३ शनिबार 

Tags: पीडायाद

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि