उनीले मन शान्त पारी जौ,तिलले पुजा गरेर
अनि सेलाए त्रीसुलीमा प्रेमपत्र धुजा धुजा पारेर ।
आफु भने चौरासी व्यञ्जन खाने लुकाएर सबै
भोका प्रशान्तलाई दिए कटौरामा भुजा भरेर ।।
मानवता मत्थर पारे जवानीमा उनीले, आज
मन शान्त पारे खोलि किनारमा कुवा खनेर ।।।
यहाँ निर्जीव ढुङ्गा बरु पुजिन्छ
तर मलाई हेला गरी कुनामा फाले गनाउने मोजा भनेर ।।।।
यहाँ माया त धनलाई गर्ने रहेछ
मलाई त आँखामा बाँधेर सागरमा हुर्याए लु जा भनेर ।।।।।
उनीले मन शान्त पारी जौ,तिलले पुजा गरेर
अनि सेलाए त्रीसुलीमा प्रेमपत्र धुजा धुजा पारेर ।।।।।।
प्रशान्त डंगाेल, टाेखा
तपाईको प्रतिक्रिया