संविधानको ‘स’ नजानेका…..
मेरा गाउँका काईला बा लाई
संविधान दिवसको शुभकामना ।
सिहंदरबार गाउमाँ पुगिसक्दा
सिहं गाउँमा गएको
दरबार उतै हराएको महसुस गर्ने
प्रतिपक्षलाई शुभकामना ।
बलात्कारीलाई शुभकामना
असुरक्षाको महसुस गरिरहने
बलात्कृत छोरीलाई शुभकामना ।
नारा जुलुस गर्दै हिड्ने लाई
समिक्षा गर्नेलाई
मलाई यकिन छैन क कस्लाई
दिनुपर्ने हो अझै शुभकामना ।
युद्ध हारेका हरुलाई युद्ध
जितेका लाल झण्डाहरुलाई,
समृद्ध देशको खोजीमा हिडेका
यक हुल युवालाई शुभकामना ।
शान्ति शब्ददेखि टाढा
एक बोतल रक्सिसंग
एक बिगाहा जमिन साटेकाहरुलाई
चिसो सिरेटोले फाटेका खुट्टा हरुलाई
जोखिमता संग जुध्दनै ठिक्क
ननिदाएका खाहरुलाई। आँखाहरुलाई
पग्लि रहेका हिमालहरुलाई,
बादलका सहरहरुलाई
झन्डामा टल्किरहने घाम जुनहरुलाई ।
संघीय लोकतान्त्रिक धर्म निरपेक्ष,
गणतन्त्रात्मक,समावेशी, समाजवाद उन्मुख
यी र यस्तै शब्दहरुले भरिपुर्ण
धेरै नेपालीको रगतले लेखेर
कार्यन्वयन हुन अक्मक्कीएको
यो संविधानलाई पनि शुभकामना ।
बिगत धेरै वर्ष अगाडिबाट
समानताको एउटा नयाँ विधान रच्ने,
सबै
सबै समान, सबै विशेष,
सबै मिलेर एउटा सिङ्गो देश बनाउन
समावेशी सपना साकार पार्न
खोज्ने सहिदहरुलाई
शुभकामना ।।
तपाईको प्रतिक्रिया