काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ । एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ ।
वर्ल्डोमिटर्सका अनुसार निको भएका ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् । एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
तपाईको प्रतिक्रिया