काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई सबैभन्दा पहिले कोरोना भाइरस संक्रमणविरुद्ध खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।बीबीसी हिन्दीका पत्रकार शालु यादवलाई अन्तर्वार्ता दिँदै ओलीले कोरोना महामारीका बेला भारतबाट अक्सिजन र औषधि प्राप्त भएकोमा खुसी व्यक्त गरे ।अक्सिजन र औषधि लगायतका धेरै कुरा पाइरहेका छौं । सबैभन्दा पहिले खोप पनि उपलब्ध गरायो । त्यसका निम्ति भारतलाई धन्यवाद,’ अन्तर्वार्तामा ओलीले भने ।
अन्तर्वार्तामा ओलीले भारतसँग विगतमा अमझदारी भएको भएपनि अहिले भने हटेको बताए । ‘हो, कहिलेकाहीँ असमझदारीहरू थिए तर अब ती असझदारी हटेका छन् । कुनै समय असमझदारी थियो । हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन । भविष्य हेरेर अगाडि बढ्नुपर्छ,’ ओलीले भने, ‘केही अँध्यारा र काला पक्षहरू थिए । त्यसमा अल्झिनु हुँदैन । हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनुपर्छ । हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् । अन्तर्वार्तामा ओलीले भने, ‘म अनुरोध गर्छु कि नेपाललाई अरु देशभन्दा फरक ढंगले, किनकि हामी त्यस्तो छिमेकी हौं, जहाँ खुला सिमानामा दुवैतिर खेत छन् । कहीँकहीँ त दशगजा कहाँ छ, थाहा छैन । मानिसहरूबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ । यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया