काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७ सय ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया