काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप निर्यात गर्ने तयारी गरेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत अप्रिलदेखि भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यात रोक लगाएको थियो ।
एक भारतीय सञ्चारमाध्यमका अनुसार जुलाई अन्तिम या अगस्तको सुरुदेखि भारतले नेपाल, श्रीलंका, बंग्लादेश र भुटानलाई खोप निर्यात गर्ने तयारी गरिरहेको छ ।
हालकै अवस्था खोप कार्यक्रम सञ्चालन भएमा अगस्तसम्म भारतले करिब ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने अनुमान गरिएको छ ।
आफुले राहत महसुस गरेलगत्तै छिमेकी मुलुकहरुलाई खोप दिने तयारी भारतले गरेको हो ।
तपाईको प्रतिक्रिया