काठमाडौं । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् ।
थप संक्रमितमा सप्तरी १, झापाका २, मोरङका २, धनुषाका ८, बारा ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२, तनहुँका ७, बर्दिया १०, दाङ ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८५ जना कोरोनाभाइरसका संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।
तपाईको प्रतिक्रिया