काठमाडौं । आज मंगलबार नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
मंगलबारबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३,९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको जनाएका हुन् ।
हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कहाँ कति थपिए ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान : झापाका २ जना, सर्लाहीका एकजना र उदयपुरका ८ जना
कोशी अस्पताल विराटनगर : इलामका २ जना र सप्तरीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर : मोरङका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर : धनुषाका २९ जना, महोत्तरीका १३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवन : चितवनका ४ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा : मकवानपुरका ५ जना
धुलिखेल अस्पताल : काभ्रेका एकजना र रामेछापका २ जना
पाटन अस्पताल ललितपुर : सर्लाहीका एकजना
त्रिवि शिक्षण अस्पताल महाराजगंज : चितवनका एकजना, कैलालीका एकजना, काठमाडौंका ८ जना, महोत्तरीका एकजना, नुवाकोटाका एकजना र सर्लाहीका एकजना
स्टार अस्पताल सानेपा : ललितपुरका एकजना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : गोरखाका ३ जना प्रादेशिक क्षयरोग केन्द्र पोखरा : म्याग्दीका ३ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही : नवलपरासीका १ जना
भेरी अस्पताल नेपालगंज : बाँकेका ३ जना र दाङका ३ जना
सुर्खेत प्रादेशिक अस्पताल : दैलेखका १ जना र सल्यानका १ जना
दैलेख प्रयोगशाला : दैलेखका ९ जना
चौरजहारी नगरपालिका प्रयोगशाला : सल्यानका १ जना
डडेल्धुरा अस्पताल : डोटीका ४ जना
सेती प्रादेशिक अस्पताल : कैलालीका ३ जना, बझाङका ४ जना र कंचनपुरका २० जना
कोरोना भाइरस संक्रमितको संख्या आज थप १५० पुगेको हो । यो संगै कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
तपाईको प्रतिक्रिया