काठमाडौं । नेपालमा आज बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।
तपाईको प्रतिक्रिया