काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४७ जनामा कोरोना पुष्टि भएको छ। यो संगै संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौँमा २ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै पाटन अस्पतालमा काठमाडौँका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
तपाईको प्रतिक्रिया