काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार बढी पीसीआर परीक्षण गरिएकोमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।
थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यस्तै शनिबार कोरोना निको भएर १०६ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ।
तपाईको प्रतिक्रिया