काठमाडौं । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । जसमध्ये कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका एकजना, इलामका ८ जना र सिराहाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २ जना, उदयपुरका एकजना, तेह्रथुमका १ जना र मोरङका २३ जना संक्रमित थपिएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दाङका एकजना, काठमाडौंका २ जना,नुवाकोटका एकजना र सोलुखुम्बुका २ जना पनि संक्रमित भएका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र मकवानपुरका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना र अर्घाखाँचीका मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना बर्दियाका ६ जना र जुम्लाका एकजना,लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका ३ जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना संक्रमण प्ष्टि भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ जना कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया