काठमाडौं । पछिल्लाे विवरण अनुसार आज थप ३१५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या २०,०८६ पुगेकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा ६ हजार ९ सय ९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४ सय ९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो ।
हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।
हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया