काठमाडौं । नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका हुन् ।
नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया