काठमाडौं । एकैदिन आज मंगलबार कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने हालसम्म दश हजार २६ जना क्वारेन्टिनमा छन् ।
तपाईको प्रतिक्रिया